धरानमा याक्थुङ थरगत संस्थाहरुको दोस्रो भेला हुँदै

 

सुनसरीको बिजयपुर धरानमा याक्थुङ थरगत संस्थाहरुको दोस्रो भेला आगामी २०८० मंसिर २३ र २४ गते दुई दिनसम्म चल्ने लिम्बू थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूहले जनाएको छ।

यसअघि २०७८ मंसिर १७, १८ र १९ गते तेह्रथुमको मेयङलुङस्थित छकलीटारमा प्रथम भेला सम्पन्न भएको थियो। सोहि भेलाको निरन्तरता स्वरुप धरानमा दोस्रो भेला गर्न लागिएको सहजीकरण समूहका संयोजक नन्द कन्दङवाले बताए।

भेलामा भूमी अधिकार र आन्दोलनबारे गहन छलफल, विमर्श र महत्वपूर्ण निर्णयहरु हुने बताइएको छ। यसपटकको भेलामा प्रदेशको नाम ‘कोशी’ खारेजीको सवालमा पनि गम्भिर छलफल हुने बताइएको छ। भेलाले विशेषतः याक्थुङ (लिम्बू) जातिको किपट र भूमी अधिकार सम्बन्धी सवाल उठाउनेछ।

भेलामा हरेक लिम्बू थरगत संस्थाहरुलाई सहभागिताका लागि आह्वान गरिएको छ।

 

 

सम्बन्धित खवर