जसपा नेपाल लिम्बुवान राष्ट्रिय समिति गठन, अध्यक्षमा जेन्टल निर्वाचित

पान्थर / जसपा नेपाल लिम्बुवान राष्ट्रिय समितिको पुनः गठन आज सम्पन्न भएको छ ।


शनिबार पान्थरको फेदेनमा भएको पुनःगठन कार्यक्रमले जेन्टल लाओतीको अध्यक्षतामा ३५ सदस्यीय लिम्बुवान राष्ट्रिय समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षहरुमा एविराज आङदेम्बे, सन्जय मेवाहाङ राई, अग्नी माया मेचे, मुख्यसचिवमा केदार धिमाल, सचिवहरुमा अजित धिमाल, हेमराज जिमी, सुश्मा राई र कोषाध्यक्षमा टूपेन्द्र एक्तेन रहेका छ्न ।

त्यसै गरी सदस्यहरुमा क्रमश : प्रदिप माहेन नानी, सुजित ओख्राबो,साजिव योङ्या,जकेन्द्र लाओती,टि आर आङदेम्बे,क्षितिज लाओती,रोहित आङ्‌बो,हेमराज माङ्‌मु (राकेश), काङ‌सारे सुन्दर लाओती,विशेश्वरप्रसाद बेघा,मोहन देवान, विक्रम लिम्बु लेक्वा,श्याम एक्तेन,प्रेमचन्द्र लेक्वा,मणी लुङ्‌गेली मगर,दिपा निङ्लेकु,देउमान चेम्जोङ,खड्ग लिम्बु खाम्बेक,नारायणमान गुरुङ,किशोरचन्द्र ईङनाम,मोहन धिमाल,श्रीप्रसाद धिमाल,रिता खापुङ,कमला रुम्दाली राई र लिला राई रहेका छन ।

सम्बन्धित खवर