माङगेन्ना युवा क्लव तदर्थ समिति गठन

मिक्लाजङ, मङ्सिर २/ माङगेन्ना युवा क्लव तदर्थ समिति आज गठन गरेको छ ।

शनिबार पाँचथर मिक्लाजङ गाउँपालिका -८ दुर्दिम्बाको थुम्ब्रुक्बुङ (लप्सीबोटे)टोल स्थित चन्द्रबहादुर मुसाहाङको आगनमा बसेको भेलाले डिल्लीश्वर मुसाहाङको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा भीम कुमार मुसाहाङ, सचिवमा जनम मुसाहाङ, सह सचिवमा उनिता मुसाहाङ र कोषाध्यक्षमा जेन्टल मुसाहाङ चयन भएका छन् । त्यसै गरी सदस्यहरुमा क्रमश: आयूश मुसाहाङ,सुरेन्द्र मुसाहाङ,सोभा मुसाहाङ र प्रवेश मुसाहाङ रहेका छन् ।

सभ्य समाज निर्माण असंगठित युवा जमातलाई संगठित गर्दै अन्य विविध कार्यहरु गर्ने उद्वेश्यले गठन गर्न लागिएको उपाध्यक्ष भीमकुमार मुसाहाङले वताए ।

सम्बन्धित खवर