दमकमा प्रथम मिडियाकप फुटसल प्रतियोगिता हुन्दै

दमक / पत्रकार मञ्च दमक झापाको आयोजनामा हुने मिडियाकप फुटसल प्रतियोगिताको पत्रकार सम्मेलन आज सम्पन्न भएको छ ।

वुधबार दमकमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको बारेमा सम्मेलनमा बोल्दै कार्यक्रम संयोजक विष्णु पोखरेलले झापाकै पहिलो मिडिया फुटसल प्रतियोगिताको ९०% तयारी सकिएको बताए ।

यसैबिच आयोजकले प्रतियोगिताको टाइसिट सार्वजनिक गरेको छ । प्रतियोगिता दमक ५ गोर्खाली टोल स्थित विस्ट् फुटसलको कोर्टमा कातिक २३ गते हुनेछ ।

प्रतियोगितामा विभिन्न मिडिया गरी ८ वटा टिमको सहभागिता रहनेछ । जसमा आयोजक पत्रकार मन्च दमक,पाथीभरा एफ.एम ,हरप्रहर न्यूज ,एन एस जेएफ झापा,प्रेस चौतारी,पूर्वान्चल दैनिक,सताक्षी प्रेस क्लब र माड्ंसेबुड्ं अनलाइन रहेका छन् ।

प्रतियोगितामा बिजेताले नगद १५ हजार १५ सहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले नगद १० हजार १० सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।

झापा मोडल इङ्लिस स्कुल दमक ८ ले पहिलो पुरस्कार प्रायोजन गरेको छ भने दोस्रो पुरस्कार दमक ६ मा रहेको यावा मार्टले गरेको छ । उत्कृष्ट खेलाडी, गोल किपर र सर्वाधिक गोलकर्तालाई समेत पुरस्कृत गरिने पत्रकार मञ्च दमक कमन देवानले बताए ।

सम्बन्धित खवर