दमकमा एक दिवसीय मिडिया कप फुटसल–२०८० प्रतियोगिता हुने

 

दमक/ पत्रकार मञ्च दमक, झापाले दसैं, तिहार, छट पर्वको अवसर पारेर मिडियाकप फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

शुक्रबार पत्रकार मञ्चको बसेको बैठकले कातिक २३ गते एक दिवसीय मिडियाकप फुटसल–२०८० दमक ५ को बिष्ट फुटसल कोर्टमा आयोजना हुने प्रतियोगिता दीपावली र छठ पर्वको अवसरमा सञ्चारकर्मीहरुबीच आपसी भाइचारा वृद्धिका लागि आयोजना गर्न लागेको प्रतियोगितामा झापामा रहेका विभिन्न पत्रकारजन्य संस्था, मिडिया हाउस र इलामको माङसेबुङबाट विभिन्न मिडियाले सहभागिता हुने अनुमान गरिएको छ ।

‘सहभागी हुने टिमको यकिन संख्यासहित २२ गते पत्रकार सम्मेलन गरेर टाइसिट सार्वजनिक गर्नेछौं । आमन्त्रणका लागि पत्राचार गरिसकेका छौं’, प्रतियोगिता बारे जानकारी दिँदै मञ्चका अध्यक्ष कमन देवानले भने –‘विभिन्न सहयोगी दाताहरुसँगको सहयोगबाट प्रतियोगिता सम्पन्न गर्नेगरी तयारी थालेका छौं ।’

प्रतियोगिताका विजेताले नगद १५ हजार १५ सहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले नगद १० हजार १० सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । तर, टाइटल स्पोन्सरका लागि विभिन्न चरणमा व्यवसायिक घरानाहरुसँग टाइअपको प्रयास भइरहेकोले पुरस्कार राशी बढ्न सक्ने आयोजक संस्थाले वताए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोल किपर र सर्वाधिक गोलकर्तालाई समेत पुरस्कृत गरिने बताइएको छ ।

 

प्रतियोगिता सम्पन्न गर्न विभिन्न समिति

प्रतियोगिता सम्पन्न गर्न मञ्चका पूर्व अध्यक्ष विष्णु पोखरेलको संयोजकत्वमा तीन सदस्यीय प्रतियोगिता मूल व्यवस्थापन समिति गठन गरेको छ । समितिको सदस्यहरुमा मञ्चका निवर्तमान अध्यक्ष मनकुमार गदाल र चिरञ्जीवी घिमिरे रहेका छन् ।

त्यसै गरी प्रतियोगिता सफल पार्न कविध्वज राईको संयोजकत्वमा खेल व्यवस्थापन उप–समिति पनि गठन गरेको छ । समितिका सदस्यहरुमा क्रमशः सजन राई र उत्तम रिजाल रहेका छन् ।

त्यस्तै प्रतियोगिता सम्पन्न गर्न चिरञ्जीवी घिमिरेको संयोजकत्वमा तीन सदस्यीय आर्थिक व्यवस्थापन उप–समिति गठन गरिएको छ । समितिका सदस्यहरुमा डिल्लीश्वर मुसाहाङ र सबिना राई रहेको मञ्चका सचिव उमानाथ भण्डारीले वताए ।

सम्बन्धित खवर