आत्मानन्द कप  पुरुष फुटबल प्रतियोगिता २०८० मंसिर ८ बाट शुरु हुने

  • योगेश लाओती पापोहाङ लिम्बू

माङ्सेबुङ / किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ७० औं जन्मोत्सवको अवसरमा “आत्मानन्द कप”  पुरुष फुटबल प्रतियोगिता २०८० मंसिर ८–२० आयोजना हुने भएको छ ।

आत्मानन्द कपको यस संस्करणमा नेपाल,भारत र भुटानका आठ प्रतिष्ठित क्लबहरुको सहभागीमा माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा संचालन हुने आयोजक किरात साम्यो हक्चात यक्चुमका अध्यक्ष मन प्रसाद आङबुहाङले पत्रकार सम्मेलनमा जानकारी दिए ।

आत्मानन्द कप प्रतियोगितामा सिरिजङगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङ , गोलबजार स्पोर्टिङ क्लब सिराहा, माङ्सेबुङ गाउँपालिका इलाम, धनकुटा फुटबल संघ धनकुटा, तिजोक युवाक्लब पाँचथर, छथर गाउँपालिका तेह्रथुम, एम.एफ.सी. दार्जिलिङ भारत र बि.वाई.सी. भुटानको सहभागिता रहने आयोजक समितिका अध्यक्ष ‍आङबुहाङले जानकारी दिएका छन् ।

विजेताले ट्रफीसहित नगद रु. ३,११, १७० (तीन लाख एघार हजार एक सय सत्तरी) र उपविजेताले ट्रफीसहित रु. २,०५,१६९ (दुई लाख पाँच हजार एक सय सत्तरी) पुरस्कार प्राप्त गर्नेछन ।

अतिरिक्त खेलतर्फ म्याराथन, पक्लुङ लेप्मा (छेलो हान्ने), धनुकाड , भलिबल, हाडी फुटाउने, कराँतेलगायतका खेल आयोजना हुने भएको छ । गतसालको आत्मनन्द कप छथर गाउँपालिका तेह्रथुम  टिमले जितेको थियो ।

सम्बन्धित खवर