कृष्ण कुमार हेम्ब्या
याङ्वरक/ याङ्वरक थर्पुको निशान पुर्याउन २०२८ तिर म थर्पु गाको हो । त्यहाँ २ वटा निशान छन भाले पोथी । पोथी संधै थर्पुकै कुनै सुभाको घरमा एक्लै तड्पेर वस्छीन र भोलेचाही अन्य टाढा टाढा रैती सुब्बा गाउाँहरुमा राखिन्छ । दशैंको दिन पारेर उनीहरु वर्षमा १ रातको लागिमात्र भेट गराइन्छ । कतिलाई लाग्ला एक रातको मिलनमा रातभर तोंगवा तान्नै माया पिरती साट्छन, धान नाच्छन । कुवाकुजा खालान संगै वसेर । तर निशान भालेपोथीलाई भेट गर्न वन्देज गरिन्छ । थर्पुको मैदान एउटै टुँडीखेलमा नचाएपनि उनीहरुलाई निश्चित दुरीमा राखेर नचाइने चलन छ । राति संगै आरम गर्नसम्म दिइदैन । मेरो हेम्ब्या गाउँमा २०२८ तिर ६ वर्ष भाले निशान थियो । र, हामी हेरक दशैमां भाले निशान लिएर पोथी पोथी भेटाउन थर्पु जान्थ्यौं ।
निशानको इतिहास
निशान, चिन्ह, छाप ……
निशानको अनेक रुप छन ।।।। झण्डा, डण्डा, बेज, बिल्ला, तक्मा, बन्दूक, रुमाल, तरबार, खुकुरी, भाला, बिषालु सर्प, नर्सिङगा, दमाहा जे भएपनि सारमा युद्धसंग सवन्धित छ । हरेक पल्टन समुहलाई चिनाउने आआफ्नै प्रतिक ९निशान० हुन्छन ।
उहिले उहिले लडाही गर्ने तौर तरिका बिलकुल फरक हुन्थ्यो । अहिलेजस्तो एम्बूस, साईबर वार, ल्द्यऋ ध्बच सवोटेज, फाइटिंग पट्रोल, डेलिवेरेट, मिशाईल हुन्नथ्यो । दूश्मनबीच खुला मैदानमा दुईतर्फ लाईन वसेर हाना हान गर्थे । एकातर्फपनि दुईभन्दा धेरै समूहमा हुन्थे । कुन समूहले कुनबेला दुश्मनलाई हमला गर्ने भन्दै कमाण्डरहरुले आदेश दिन्थे । कराएर, ड्रम, बाजा, झण्डा, डण्डा, सिटी, पात वजाई अनेक सांकेति आदेशका तरिका हुन्थे । समुहका एकजना सार्जन्टले ९कलर सार्जन्ट० पल्टनको झण्डा बोकेर आफ्ना लडाकुलाई अगाडी बढ्न वा पछाडी हट्न झण्डाद्धार इशरा गर्थे । हो युद्धमा बोकेको यही झण्डानै निशान हो ।
हुँदा हुँदा जुन युद्धमा विजयी भए त्यहाँ लडेका पल्टनलाई सम्मानसरह द्यबततभि ज्यलयगच दिइन्थ्यो । उनीहरुलाई युद्धलाई सम्झाउने विजयका प्रतिक भएका चिनो “झण्डा” दिइन्थो ।
ब्रिटिश गोर्खा सेनाको एउटा इतिहास स्मरण गरौं । गोर्खा भर्ती सन् १८१६ तिरै आरम्भ भएपनि ४ दशकसम्म गोर्खाहरुले सेनाको मान्यता पाएनन । १८५७ दिल्ली बिद्रोहमा हाम्रा पुर्खाले वास्तविक इमान्दारिताको परिक्षण भएपछि मात्र गोर्खाहरू क्भउयथ ्वाट च्षझिबल को मान्यना पाए । अत्यन्तै ठूलो संकटवाट मुक्त गराएकोमा महारानी भिक्टारियाले मुक्त कण्ठले गोर्खाहरूको प्रसंशा गरीन । तत्कालीन महानरानीले तुरन्तै त्तगभभलक त्चगलअजभयल निशान० प्रदान गरेर गोर्खाहरूको सम्मान गरिन् । वास्तवमा युद्ध विजयको प्रतिकसरह प्राप्त त्यो ट्रचन नै वास्तवमा निशान हो । यसलाई नाशानीमाइ भनिन्छ र अझै गोर्खा पल्टनमा ठूलो सम्मानकासाथ राखिएको छ ।
निशान कहाँ कहाँ छन ?
समग्र लिम्बुवानको नगरा निशान विषयमा कमल तिगेलाले विद्यावारिधी गर्दैछन् भन्ने उहिले हल्ला सुनेको थिए खै कता पुग्यो ।
तुम्याहाङ भैरव आङलाकाअजुसार धनकुटा ताङखुवाका खजुम पारघारी र चोङबाङ सुब्बाहरूसँग १—१ गरी २ थान, छथर सुदापका खेवा तुम्खेवा र मादेनसँग १—१ गरी २ थान र तेह्रथुमकै छथर पोखरीको वसिकामा लेवा खजुमहरूसँग १ थान निशान रहेको जानकारीमा आउछ । पान्थरको आङदेम्बे, चारखोल।।।।।।
याङवरकका १६ याक्थुङ र ५२ सुब्बासंग जङगी र कम्पु दुई र लगायत यही क्षेत्र सिभुवाका योङहाङ १ र सिनामका थुुपुको थेबेसंग १ गरी जम्मा ४ वटा निशान भएको पाइन्छ ।
नेपालका अन्य कुन जातीय समुदायमा केकेस्तो निशान छ त्यो खोजिको बिषय हुन ।
कामाण्डौं उपत्यकामा प्रदर्शन हुने रातो मचिन्द्रनाथ, भोटो जात्रा र लिंग, रथहरुपनि शायद सुब्बाहरुको निशानजस्तै हो कि रु नेपाल भारत अफ्रिका अन्य ।।
याङवरके सुब्बा, जङगी र कङफु निशान
छथर धनकुटा तिरका सुब्बाहरुले सेनमकवानकै पालामा केही निशान प्राप्त गरेका थिए र शाहहरुले पछि थपि दिए र यसलाई निरन्तराता दिएका हुन भन्न सकिन्छ । तर याङवरकतिर पृथ्वीनारायण शाहले लिम्बुवान नेपालमा गाभे धेरै समय पछिमात्र निशान प्राप्त गरेको इतिहासले पुष्टि गरेको छ ।
राजा सुरेन्द्र शाहका पालामा कम्पु निशान बि।सं। १८८० मा थर्पुका सुब्बा मतलवसिं माबो र श्रजङगी निशान ओयामका सुब्बा बागदल सेलिङले १९१२ मा प्राप्त गरेका हुन ।
निशानको इतिहास बिषयमा मेरो गम्भीर अध्ययन र ज्ञान नभएतापनि मेरो बंशका ६ हेम्ब्या सुब्बाहरुले ६ वर्ष निशान उपभोग गरेकाले याङरके सुब्बा, जङगी र कम्फु निशानको बारेमा छोटो बहस गरौं ।
श्रीजङगी र श्रीकम्पु निशान कसरी आए ?
जानकार मञ्जुल याक्थुङवाका अनुसार, तत्काली याङवरक क्षेत्र भारत, सुखिम र तिब्बत सिमाना परेकोले बिदेशी सेनाहरुबाट बारम्बर आक्रमण भइरहन्थ्यो । पान्थरका ५२ जना शुबाहरु भेला भएर शत्रुहरुको सामना आफैले गर्नका लागि काठमाण्डौ आइ राजा रणबहादुर शाहसंग हातहतियार मागे । योङहाङ शुब्बाको नेतृत्वमा आएका शुब्बाहरुलाई राजाले ढाल, खुँडा, त्रिशूल, नगरा, निशान, बन्दुक आदि युद्ध सामाग्री दिएर अबदेखि लिम्बुवानमा दशैंको नवमीमा मौलो स्थपनागरी बलिपूजा गर्नुपर्ने आदेश दिए । काठमाण्डौबाट फर्केपछि ५२ शुब्बाहरुको चुम्लुङले अबदेखि हरेक दशैको नवमीमा याबरक थर्पुको पञ्चकन्या कालिकाधाम टुँडीखेलमा हातहतियारसहित निशान पूजा गर्दै नगरा बजाएर उत्सव मनाउने परम्परा वसाले । तर २०२१ सालमा भूमिसुधार ऐन लागू भएपछि किपटको अधिकार हननसंगै यो परम्परा हराउदै गएको छ ।
ओयाम याङवरकका शुब्बा भिमकुमार सेलिङ चाही मञ्जुलको भन्दा फरक धारणा छ । आफै जङ्गी निशानको हकवाला शुब्बा भिमकुमारका अनुसार, याङवरकका १६ थरी ५२ शुब्बाहरुले श्री जङ्गी निशान मागगरी सर्बप्रथम राज सुरेन्द्रबिक्रमशाहबाट निशान बुझी ल्याउने उनैका पुर्खा शुब्बा मतपालसिं सेलिङ थिए । बि सं। १९१२ मा सालमा चैते दशैमा थर्पु मौजामा पहिलोचोटि दाखिल गरी सबैको सल्लाह बमोजिम रोलक्रअनुसार १६ थरी ५२ शुब्बाहरुले दशैंका महा नवमीमा पूजा गर्ने, घुमाउने घरमा सालभर राख्ने क्रम जिजुबाजे सबिवन्त र शुब्बा हर्कसिं बि।सं। १९८३ मा श्री जङगी निशान ल्याएको र हाल शुब्बा फौदसिं जिम्माको सुभाङगी पाँचथर मालपोत कार्यालय फेदेनबाट २०३१ साल पौष १८ उनी शुब्बा भिमकुमार सेलिङले आफैले सुभाङ्गी बहाली गरेका थिए । कम्फु निशान तत्कालीन राजा राजेन्द्र शाहका पालामा शुब्बा मतबलंिस माबोले मालपोत तिरो तिर्ने बुझ्ने अधिकारसहित दिइएको वताइन्छ ।
मञ्जुल याक्थुङवा र शुब्बा भिमकुमार सेलिङ भन्दा फरक बिचार मुकुबुङका शुब्बा पद्मध्वजका छोरा नरेन्द्र काम्बाङको छ । नगरा निशान १६ थरी ५२ शुब्बाहरु काठमाण्डौबाट राजाबाट मागेर ल्याएको नभइ गोरखा पृथ्वीनारायरण युद्धमा याङवरकका शुब्बाहरुले जितेर खोसेको दावि गर्छन, नरेन्द्र काम्बाङ । उनको दावीलाई नकार्न सकिन्न पनि किनकि उक्त युद्धमा याङवरकेहरुले शाहहरुसंग कुनै संझौता गरेको पाइदैन ।
निशानमा सैन्य अभ्यास
याङवरकमा सामन्य बोलीचालीमा भाले ‘जङगी’ र पोथी ‘कम्पु’ दुई नामका निशान छन । भाले श्रीजङ्ग निशान १६ थरी ५२ शुब्बाहरुको घरमा वर्षैपिछे पालैपालो घुम्ने र पोथी श्रीकम्पु निशान स्थायीरुपमा थर्पुमा रहन्छ ।
नगरा निशानलाई याङवरक सिमा रक्षक प्रतिककोसमेत लिइन्छ । श्रीकम्पु निशान केन्द्र ९थर्पु० मा रहने र श्रीजङ्गी निशान सिमा रक्षा गर्न हात हतियारसहित अन्यत्र घुम्ने याङवरके शुब्बाहरुको सामरिक रणनीति थियो ।
निशानको घुमाउने रोलक्रम, परिचालन, संगठनको संरचना संगठित सेनाले युद्धमा अप्नाएको संन्य शिद्धान्त दुरस्तै पाइन्छ ।
युद्ध संचालनका लागि तालिम, खानपिन अन्य लजिस्टिक सपोर्टका लागि थर्पुलाई केन्द्र मानिएको छ । यहाँ व्यवस्थित सैन्य तालिम केन्द्र ९परेड मैदान० छ । शुब्बाहरुले ६० मुरी धान फल्ने खेत थर्पुकै स्थानीय योङहाङ शुब्बाहरुले भोगचलान गर्थे र त्यहाँबाट आर्जन अन्नले दशैंमा श्रीजङ्गी निशान नचाउदै आउने पाहुनाहरुलाई भात खुवाउनुदेखि अन्य लजिस्टिक सपोर्टको कार्य पथ्र्यो ।
केन्द्रमा श्रीकम्पु निशान राखिन्छ । थर्पुका ठुला ठुला सुब्बाहरुको काम हेडक्वाटरमा बसेर आर्मीका ३ तारे जर्नेलले युद्ध योजना, आदेश, मनिटर गरेजस्तै हुन्थ्यो । ति जर्नेलहरु काम्बाङ, तावा, माबो, सेलिङ सुब्बाहरु हुन्छन ।
बाहिरका ५२ सुब्बा दुईतारे जर्नेलसरह मानिन्छ । उनीहरु आवश्यकअनुसार आदेशअनुसार फाइटिङ पट्रोल जाने, कुन ठाउँमा एम्बुस थाप्नेलगायत आफ्नो माटो र जनताका लागि शान्ति सुरक्षादेखि विकास निर्माण, न्याय निरुपणका अनेकौ कार्यहरु थर्पुका ३ तारे सुब्बाहरुको आदेशमा चल्नुपर्ने हुन्छ ।
१६ थरी ५२ सुब्बा
याङरक थुममा थुप्रै बंशका याक्थुङ बसोवास गरेपनि काम्वाङ, ताम्लिङ, थङगम्वा, पन्धाक, पेगा, पेल्लुङवा, माङमू, माङयुङ, यक्पानदेन, योङया, योङहाङ, सिगू, सिवा, सुहाङ ४, सेलिङ, हेम्ब्या९६० १६ थरी ५२ सुब्बाहरु निशानमा आवद्ध थिए ।
निशान बार्षिक सम्मेलन
अहिलेका संघसंस्थाले बार्षिक अधिवेसशन गरेझै हरेक दशैंको महानवमीका दिन याङवरक थर्पुको पञ्चकन्या कालिकाधाममा १६ थरी ५२ सुब्बाहरुको भेला हुन्छन ।
निशान केन्द्रमा रहेको श्रीकम्पु निशान अष्टमीका दिन धुमधाम पूजाआजा गरी शुब्बाको घरबाट बाहिर निकालेर थर्पु टुँडीखेल वरिपरी प्रदर्शन गरिन्छ । सोही दिन श्रीजङ्गी निशान बाहिरका शुब्बाहरुले उनिहरुका गाउँबाट हुइँ हुइँको भाकामा नचाउदै थर्पुमा ल्याउन्छन । भोलीपल्ट नवमीका दिन मौलो डाँडामा राँगा बोका भोग बली दिइन्छ । निशान बोक्ने युवाहरु खानपिन नखाइ नुहाइधुहाइँ गरेका हुन्छन ।
जङगी निशान अघिल्लो वर्ष जिम्मा पाएका बाहिरका सुब्बाले सोही दिन आफ्नो गाउँबाट बन्दुक ताम्रपत्र, तरबार, खुँडा, भाला, खुकुरी, नगरा, चमार त्रिशुललगायतका युद्ध समग्रीहरुसहित निशान नचाउदै थर्पु हेड क्वार्टरमा आइ पुग्छन । दुवै निशान आआफ्नै समुहले निश्चित दुरी राखेर दिनभरी प्रदर्शन गरिन्छ ।
रात पर्न लागेपछि बाहिरबाट जङगी निशान लिएर आएका सेनाहरुलाई स्थानियका हरेक घरमा लगेर ९कसैकोमा २ कसैको ४० का दर खानपिन बस्नेको व्यवस्था गरिन्छ । युवाहरु त्यहीको टुडीखेल मैदानमा रातभरी यालाङमा सहभागी हुन्छन ।
भोली पल्ट भातभन्छापछि बार्षिक भेला समापन हुन्छ । श्रीकम्पु निशान हेडक्वार्टमै रहन्छ । जङगी निशान ५२ मध्ये जस्तो अघिल्लो वर्ष १० औंले राखेकको थियो भने सोही दिन उसले ११ औंलाई हस्तातरण गर्छ । ११ औंले अर्को १ वर्ष उनकै घरमा राख्छ र चैते दशैं एक दिन घरबाट निकालेर आफ्नै गाउँ परिक्रम गर्दै प्रदर्शन गर्छ । र अर्को सम्मेलनमा १२ औलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ ।
किपट उन्मूलन र समरितिका कांग्रेसी सुब्बाहरु
किपटवाला आम लिम्बूहरुले किपट उन्मूलन थाहा नपाएको रहस्य ।।।।।। के हो ।।।रु थाहा पाएरैपनि बहस गर्न इच्छा नभएका र आँट नगरेको होकि रु
किन किपट उन्मूलन खास बिषयमा बहस भएकै छैन वा कम बहस भएको, बहस गर्नै चाहान्दैनन ।
सुक्खिममा रेभेन्यू अफिसर जागरि छाडेर इमानसिं चेम्जङ किन नेपाल आए भन्ने भित्रि लुकेको रहस्य पनि किपट उन्मूलन कथासंग जोडिन्छ ।
किपट उन्मूलन तत्कालीन कांग्रेसी समरिति मान्ने सुब्बाहरुनै प्रमुख जिम्मेवार भएको मेरो बिश्लेषण हो ।
०७ को राणाशाही शासनबिरुद्ध क्रान्तिमा जनमुक्ति सेनाको कुल संख्यामध्ये झन्डै आधाजति लिम्बु सहभागी भएको तथ्य हाङपाङकै गैर लिम्बू दीर्घराज प्रसाईले कतै लेखेका छन । ताप्लेजुङ, इलाम, तेह्थुम, झापा, चैनपुर धनकुटा, बिराटनगर, भोजपुर, ओखलढुङगा, रामेछाप, ठोरी, बिरगञ्ज, भैरवा, धनगढी, तानसेन, नेपालगन्ज क्षेत्रहरुमा मुक्ति सेनाले निर्णयाक युद्ध लडेका थिए । दिल्ली सम्झौतापछि जनमुक्ति सेना समायोजनसंगै सिंगो एउटा पल्टन डिआइजी बिबि चेम्जङ आफैले बिराटनगर र एउटा सानो निजी गण तत्कालीन बडाहाकिम जिवी याक्थुङबाले इलाम साथमा लगेर गएका थिए । बाँकी रक्षादलका ४ पल्टन सिंहदरवार भित्र दिलमानसिं थापामगरको नेतृत्वमा थिए । र त्यहाँ चाही राईहरुको संख्या अत्यधिक थियो ।
शसस्त्र क्रान्तिमा आप्mनो पराजय नजिकन थालेपछि कांग्रेसले लिम्बूहरुको किपट उन्मुलन गर्छ भन्ने हल्ला फैलाउन थाले राणाहरु । लामो समय राज्य सत्तामा बसेका राणाहरुलाई खासगरी पूर्वका कांग्रेसी कुमाइँहरुको जाल राम्ररी थाहा नहुने प्रश्नै रहेन । राणाहरुकै सहयोगमा भारतबाट आएका रणधीर सुब्बा, मेयङलुङका गजेन्द्रबहादुर तुम्बाङफे, पान्थरका जहरमान थाम्सुहाङलगायतका केही सुब्बाहरु किपट जोगाउन लागेका थिए ।
केही कुमाइँ समुदायका घरमा लिम्बूहरुले लुटपातका गरे । अन्तमा उनिहरुलाई राणाहरुले उचालेर जातीय दंगा फैलाएको आरोपमा दवाइयो । स्मरण रहोस उहिले हाङपाङ, चाँगे, निगुरादिन, फूलबारी, छातेढुङ्गा, ह्वाकु, इवा, चुहानडाँडा, थोक्लुङ आठराई क्षेत्रमा कुमाइँको संख्या धेरै थियो ।
कमाईले किपट खान थालेपछि बाजहाङले कुरो बुझे र बिद्रोह गरे । ०७ सालको क्रान्ति सम्पन्न हुनसाथ भारत प्रवासबाट आएका रणधीर सुब्बा, मेयङलुङका गजेन्द्रबहादुर तुम्बाङफे, पान्थरका जहरमान थाम्सुहाङलगायतका केही सुब्बाहरु किपट जोगाउनकै लागि ठूलो बिद्रोह गरे । खासगरी केही धनाढ्य कुमाइँ समुदायका घरमा लिम्बूहरुले लुटपातका गरे ।
नेपाली कांग्रेसले लिम्बूहरुलाई फसाउन एउटा आमुक उपाय निकाल्यो अखिल लिम्बुवान सुधार संघ खोलेर । उक्त संघको नेतृत्वमा कुनैपनि गन्यमान्य सुब्बाहरु वसेनन् । राम्ररी राजनीति नबुझेका चेम्जङलाई अध्यक्ष बनाएर र त्यसका हर्ताकर्ताहरु सबै उप्रेती, प्रसाई, सिटौला, रिजाल, पराजुली, विमली, सुवेदीका पल्टनहरु राखियो ।
किपट हरण षडयन्त्र पुष्टि गर्नः लिम्बुवान सुधार संघ खोल्ने योजना कसरी र किन भयो भन्ने प्रश्नमा संघकै तत्कालीन महामन्त्री प्रसाईले (इमानसिं चेम्जङ व्यक्तित्व र कृतित्व, इमानसिं शतवार्षिकी समारोह स्मारिका, पृः१५५, १५६) मा सत्य तथ्य सबै ओकलेका छन । प्रसाई भन्छन; ०७ साल क्रन्ति लहर लिम्बुवानमा ठूलो आयो । क्रान्ति लगत्तै कांग्रेसले किपट हरण गर्छ भन्ने हल्ला फैलियो र लिम्बूहरुले गैर लिम्बूहरुबिरुद्ध बिद्रोह गरे । गैर लिम्बूहरु डरले गाउँ छोडी बिस्थापित भए । दिगो शान्ति कायम गरिकन भागेका शरणार्थीहरुलाई पुनरवास गराउन एउटा संगठनको आवशयता महसुस भयो लिम्बुवान सुधार संघ गठन भयो ।
यसले के बुझ्न सकिन्छ भने सुधार संघको परिकल्पना कुनै एकजना लिम्बूहरुको थिएन । यसको प्रयोजन र आवश्यता गैर लिम्बूहरुलाई थियो ।
ताप्लेजुङमा तत्कालीन समयमा काङ्ग्रेसबाट बढी लुटपाट भयो भन्ने आजभोलि पनि सुनिन्छ नि रु
–त्यस्तो होइन । यसको कहानी छ । चार सालमा राणाहरूले गठन गरेको पञ्चायतमा आठराईका सिटौला, विमलीहरू पदाधिकारी भए । लिम्बूहरू चाहिँ पुरानो थीतिरीतिमा आँच आउँछ भनेर पञ्चायतमा वस्न स्वीकार गरेनन् । कुमाईंहरू मात्र गाउँको पदाधिकारी भएपछि लिम्बूहरूलाई तह लगाउनुपर्छ भनेर योजना बनाई उनीहरूको गोठाला खेतालाहरूलाई लिम्बूहरूको विरुद्धमा फर्जी उजुरी गर्न लाउँदै लिम्बूहरूलाई ठिङ्गुरोमा ठोक्न थाले । यसको साथै त्यसवेलाका कुमाईहरू विशेष गरी सिटौँला, विमली, मैनालीहरूले षडयन्त्र गरी लिम्बूहरूलाई तह लगाउन एक हुनु पर्ने गोप्यपत्र जारी गरे । त्यो पत्र खाम्लालुङका अमाली सुब्बा पूर्णहाङ लिम्बूले हात पारे । त्यसमा हामी काङ्ग्रेसमा लाग्नुपर्छ र लिम्बूहरूलाई तह लगाउनुपर्छ भन्ने कुरा थियो । पूर्णहाङले त्यो पत्र धनकुटाका सहायक बडाहाकिम लोचन समशेर थापालाई बुझायो अनि लोचन समशेरले त्यो पत्र छापेर लिम्बूवान भरि छरिदिए । त्यसले कुमाईहरूको गोप्य षडयन्त्रको पर्दाफास ग¥यो र लिम्बूहरूमा ठूलो उत्तेजना सिर्जना ग¥यो । त्यही समयमा कुमाईहरूले ४५ जना लिम्बूरूको विरुद्धमा डाका मुद्दा हाले । त्यसवेला ताप्लेजुङमा मायानाथ लप्टन भन्ने हाकिम थियो । कुमाईहरूले त्यो हाकिमलाई घुस खुवाई गाउँमा सरजिमिन गराए र लिम्बूहरूले डाका गरेकै हो भनेर मुद्दा हराए । एकातिर धनकुटे बडाहाकिमको उचालाइ अर्कोतिर कुमाईको षडयन्त्र । यसले गर्दा ती डाका मुद्दामा आरोपित युवाहरू आक्रोसित भए । त्यसवेला तेरथुमको आठराई सङ्क्रान्तिमा महिना महिना दिनमा ठूलो बजार लाग्ने गथ्र्यो । त्यहाँ कुमाईहरूले ठूलाठूला पसल थापेर बसेका थिए । ती लिम्बू युवाहरूले नगरेको कामको दोष कुमाईहरूले लगाई हाले अब यिनीहरूलाई यहाँबाट लेखेट्नुपर्छ भन्ने निर्णय गरेर दिन दाहाडै सङ्क्रान्ति बजार लुटपाट मच्चाए, पसल तोडफोड गरे । उनीहरू गाउँमा पसे र घरघरबाट कुमाईहरूलाई लखेटे । तर उनीहरूले लुटेको सम्पत्ति स्थानीय गरीवहरूलाई बाँडिदिए । सबै कुमाई विस्थापित भए । पछि ती सबै युवाहरू काङ्ग्रेसमा पसे ।
नभन्दै पछिका घटनाले नेपाली कांग्रेसले लिम्बूहरुको किपट खान्छ भन्ने राणाहरुको हल्ला नभएर वास्तविकतामा परिणत भयो ।
०७ को क्रान्तिमा तन मन धन जनले लिम्बू समुदायको योगदान ठूलो थियो । पान्थरका नरबहादुर नेम्वाङ, खड्कबहादुर नेम्वाङ ९डवल सुब्बा०, देउमान आङदेम्वे रामबहादुर नेम्वाङ, फेदापका काजिमान तुम्बाङफे, ललितबहादुर तुबाङफे, लाखधोज फुदोङ, ताप्लेजङका महेश्वर मेयाङबो, गुन्जमान आङभाङ, हर्कजङ मादेन, चौबिसका प्रेमबहादुर मावोहाङ, आदि ।
यी सुब्बाहरुको हैसियत सानोतिनो राजासरह हुदाँहुदैँ इमानसि ल्याएर २००९ तिर अखिल लिम्बुवान सुधार संघको अध्यक्ष बनाउनका एउटैमात्र कारण लिम्बूहरुको किपट खोस्ने कांग्रेसी बाहुनहरुको ठूलो षडन्त्र थियो ।
१। इमानसिंलाई लिम्बूको किपट र राजनीति थाहा थिएन ।
२। उपाध्यक्ष गणेशप्रसाद रिजाल महामन्त्री तेजबहादुर प्रसाई
३। बिन्तिपत्र लेख्ने कुमाइँ र दरबारमा पत्र बोकेर जाने सबै ढाकाटोपीमा सुब्बाहरु
४। ०१५ सालको आम चुनावको उम्मेदार र नतिजा
५। बिपि कोइरालाको विर्ता उल्मूलन ४० पतिशत विर्ता ।।।
६। राजा महेन्द्रले ०१७ मा कांग्रेसको निर्वाचित सरकार हटाएर पछि ०२१ भूमिसुधारअन्तरगत किपट व्यवस्था हटाउने तिनै कांग्रेसी श्रृषीकेश शाह, डा। तुलसी गिरी, सुर्यबहादुर थापा, रुद्रप्रसाद गिरी, बिश्वबन्धु थापा
लिम्बू समुदायको हित गर्ने आवरणमा उदाएको अखिल लिम्बुवान सुधार संघको मुख्य उद्धेश्य लिम्बूको किपट हत्याउनु थियो । रनै सामन्य लिम्बुवानको राजनीति नबुझेका इमानसिंलाई कटपुतली बनाएर संघको नीति निर्माण, नेता, कारिन्दा, लेखान्दास पूरै गैर लिम्बू गणेशप्रसद रिजालल, तेजबहादुर प्रसाई, बिमलीजस्ता कुमाइहरु थिए ।
३२ जेठ २०११ मा राजा त्रिभूवनलाई चढाईएको बिनितपत्रमा संघका तेजबहादुर प्रसाईले हस्ताक्षर गरेका छन । हस्ताक्षरमा प्रधानमन्त्री अखिल लिम्बुवान सुधार संघ भन्ने देखिन्छ । स्मरण रहोस राजा विन्तिपत्र लेख्ने कारिन्दा गैर लिम्बू र दरवारमा जाने प्रतिनिधिहरु चाही सबै ढाकाटोपी ढल्काएर लिम्बूहरु नै गएका थिए ।
नेपाली कांग्रेसले २००८ जेष्ठ २६ गते तेह्थुममा वितरित हाम्रो भनाई के छरुः शिर्षक पर्चामा आफ्नो किपट बिषयमा यसरी आफ्नो धारणा स्पस्ट पारेको देखिन्छः
किपट प्रथा लिम्बू जातिको मात्र भएपनि त्येसको फल सबै जातिले पाउने भएकोले अन्य जातिको हक, स्वतन्त्रता र धनजनको सुरक्षा रहेसम्म कसैलेपनि किपट तोड्न लागि सरकारलाई सुझाव नदिने तर व्यवहारमा बाधापर्ने २, ४ कुराको भने हेरफेर हुनसक्ने विवरण उल्लेख गरेको पाइन्छ ।
कतिपय किपटिया लिम्बहूरु स्वार्थी संस्थाको वहकाउमा लागेर साम्प्रदायिकता तथा अशान्ति फैल्याउने धम्कि दिन लागेकोमा किपटको निहुँ बनाई लिम्बुवान क्षेत्रको पुनः लुटपात भएमा किपट सुरक्षित रहन नसक्ने ।
डा। नारायरणप्रसाद संग्रौला –पल्लो किरातको किपट व्ववस्था, पृः२६७ ।
खासगरी संघकै सक्रियतामा लिम्बुवान स्वायत्तताको माग राखेर राजालाई दुईदुई पटक विन्तिपत्रसमेत हालेको इतिहास छ । संघले प्रादेसिक स्वायत्तताको प्राप्तिले मात्र लिम्बू राष्ट्रियताको संरक्षण निश्चित हुने स्पष्ट पारेको थियो । लिम्बूहरुका यावत हकहितको रक्षा तथा समाज सुधार गर्ने उद्देश्यकासाथ स्थपना भएको गैर राजनीतिक संघ आखिरमा राजनीतिकको चङ्गुलमा फसेर लम्बिूका हित विपरित काम गरेको अनेकौं दृष्टान्तहरु छन् ।
किपट मास्न कांग्रेसीहरुले सुधार संघलाई प्रयोग गरेको अर्को गतिलो उदाहरण संघकै महामन्त्री गणेशबहादुर प्रसाइले अन्तवार्तामा खुलस्त पारेका छन (इमानसिं चेम्जङ व्यक्तित्व र कृतित्व, इमानसिं शतवार्षिकी समारोह स्मारिका, पृः१५४) । उनका अनुसार संघको २०११ जेष्ट २०,२१ र २२ ईलाममा सम्पन्न दोस्रो महाधिबेसनमा राज त्रिभूवनले गठन गरेका मात्रिकाप्रसाद कोइरालको पाँच सदस्यीय सल्लाहकार सभा तुरन्तै भंग गर्न निर्णय भयो ।
तत्कालीन सभापति मात्रिकाप्रसाद कोइराललले नेपाली कांग्रेस परित्याग गर्दै नेपाल प्रजा पार्टी नयाँ राजनीतिक दल गठन गरेका र राजाले उनैलाई प्रधानमन्त्री बनाइएको राजनीतिक मुद्दा नेपाली कांग्रेसको थियो । कांग्रेसको राजनीतिक माग अखिल लिम्बुवान सुधार संघले राखेर राजालाई चिढाउनुनै किपट मास्ने षडयन्त्र थियो ।
२०१५ सालको पहिलो आम निर्वाचन पाँचथरबाट निर्वाचित प्रेमराज आङदेम्बेले यसै पुस्तकको पृष्ट १७८ मा “बिपि कोईरालापनि तुरन्त किपट हर्ने पक्षमा छैनन” भनेर लेखेका छन । यसले के बुझिन्छ भने तुरन्त नगरेपनि पछि कांग्रेसले किपट खोस्ने योजना बनाएको थियो भन्न सकिन्छ । इमासिंलाई हराउनु संघकैै उपसभापति गणेशप्रसाद रिजालाई उठाउनुमा मेरै बाबु देउमान र सुब्बा खड्कबहादुर नेम्बाङ डबल सुब्बाको ठूलो हात रहेको प्रेमराजले स्पष्टसंग राखेका छन ।
लिम्बुवान सुधार संघ जन्माउने प्रमुख भूमिका नेपाली कांग्रेस रहेको र यसको उद्देश्य लिम्बू समुदायको हितको लाथिएन भन्ने घटनााहरुले पुष्टि गरेको छ । कांग्रेसले सुब्बाहरुलाई प्रयोग ग¥यो र अन्ततः उनीहरुकै इच्छा अनुसार यो आफै निस्क्रिए भएर गयो । यसको प्रमुख कारण किपट मास्ने राजनीति थियो । तत्कालीन समयमा कांगेस भन्दा अरु दलहरुको नामसम्म नभएका कारण किपट मास्ने राजनीति जानाजान नेपाली कांग्रेसले गरेको थियो ।
छ वर्षसम्म थामथुम गरेपछि २०१५ सालमा राजा महेन्द्रले संसदीय चुनाव गराए । यो समयसम्म कांग्रेसले कांगे्रसी सुब्बाहरुको मन मष्तिस्कबाट किपट, जातीय अधिकार हटाइ सकेका थिए । आप्mनो अभीष्ट पूरा हुन लागेको आभास पाईसकेको कांग्रेसले इमानसिंह चेम्जङको विरुद्धमा लिम्बुवान सुधार संघकै उपाध्यक्ष गणेशप्रसाद जाललाई उमेद्वार उठाएपछि यो पार्टीको असली अनुहार देखियो ।
एकतिहाई सीट प्राप्त गरेका कांग्रेसीहरु जीतको उन्मादले आँखा देख्न छाडे । वीपी कोईरालाको ‘जसको जोत उसको पोत’ को नारा दिंदै विर्ता उन्मूलनको नारा अघि सारे । त्यो समय नेपालमा ३७ प्रतिशत जमीन विर्ता थिए । खासगरी मधेसका विर्ता जग्गाहरु कांग्रेसी पार्टी कायकर्ता, नातागोताको नाममा वितरण भयो । निश्चय नै कांग्रेसको ट्याग लागेका केही लिम्बूहरुले पनि ठूलै भाग पाएका थिए । झापाका केही आङदेम्बे, नेम्बाङ र यता सुनसरीका मेयाङबोहरुको सयौं बिघा जमीनको मालिक बन्न यसैको परिणाम थियो ।
राजा महेन्द्रले २०१७ सालमा निर्वाचित सरकारलाई सैनिक बलले हटाएर निरंकुस शासन लादे । किपट मास्न सक्रिय कांग्रेसी भूतहरु जस्तैः सुर्यबहादुर थापा, विश्वबन्धु थापा, डा। तुलसी गिरी, रुद्रप्रसाद गिरी पञ्चायतमा पसेर वी।पी। कोईरालाको बाँकी काम २०२१ सालमा भूमिसुधारको अवधारणा ल्याएर पूरा गरि दिए ।
त्येसपछि लिम्वुवानका किपटहरु रातारात रैकरमा पणिरत भए । लिम्बूहरुसंग हेरेर वस्नु वाहेक दोस्रो विकल्प थिएन । सुब्बाहरुलाई कांग्रेसी हुनु भन्दा अर्को सपना केही थिएन । किनकि किपट मास्न कठपुतली बनाईएका सुब्बाहरुले कांग्रेसी बाहुनहरुबाटै प्रशस्तै जमीन प्राप्त गरी सकेका थिए ।
लिम्वुवानका सुब्बाहरुले कांग्रेसको षडयन्त्रलाई बेलैमा बुझेर साविक लिम्बुवान सुधार संघलाई मजवुद वनाउदै आन्दोलन गरेका भए आज लिम्बूहरु आप्mनै माटोमा दोस्रो नागरिक भएर वस्नु पर्ने थिएन ।
सबै सुब्बाहरुसंग नगरा निशान थिएन । उनीहरुसंग निशान नभएपनि मौलो थापेर मार हान्ने, नगरा बजाउने, ज्यान, गौहत्या, चोरी, राजकाज, जातभात, ९ज्यान जाने, जात पतित, दामल हुने, मुडिने, खोपिन० जस्ता पञ्चखत वाहेक अन्य सबै मुद्धा मामिला, ठिंगोरो मुंगोरो, तुरुङमा लगाएर दण्ड जरिवानासमेत गर्ने सबै अधिकार निशानवाला सुब्बासरह सुरक्षित थियो । आखिर यिनै निशानवाला र गैर निशानवाला सुब्बाहरु राणा साशन ढाल्ने मतियार बने र किपट खाए ।
निशानको औचित्य र निष्कर्ष
निशान याक्थुङहरुको अधिकार खोस्ने राज्यको समरिति थियो ।
निशानसंगै किपट, सुब्बा, नगरा, मार हान्ने, माउलो, दशैं टीका अनेक अनेकौं जाली शब्दहरु आउथे । हाम्रा सुब्बाहरुले प्राप्त गरेका नगरा निशान किमार्थ विजयको प्रतिक होइन । वास्तवमा त्यो केटा केटीलाई प्लाटिकको बन्दूक दिएर फुर्काएको एक ऐतिहासिक घटना थियो ।
याक्थुङ लाजे नेपालमा मिल्न अघि सेन मकवान राजाहरुलेपनि केही लिम्बूहरुलाई निशान दिएका थिए । याङरकको निशान चाही पृथ्बीनारायण शाहको कथित एकीकरण पछिको घटना हो । नेपाल एकीकरण हुनु अघि लिम्बूहरुमा दशैंटीका, मारहान्ने चलन थिएन । तर शाहहरुले किपटसंगै लिम्बुवानको स्वाधिनता खोस्न सम्पन्न सन्धिसंगै लिम्बूहरुलाई नगरा निशान दिएर झुक्काएको ऐतिहासिक तथ्यहरुलेपनि पुष्टिगरेको छ । खासगरी याङवरकतिरका असन्तुष्ट शुब्बाहरुलाई काठमाण्डौंमा रुरुबोलाएर नगरा, निशान, थप पदहरु दिएर फसाएका थिए । नगरा निशान पाएपछि ठूलो अधिकार पाएका शुब्बाहरु बिस्तारै राज्यबाट प्रयोग भए र किपट हरण हुन थाल्यो ।
सुब्बाहरु नगरा निशानलाई बिरता, विजयको प्रतिकसरह शानदार इतिहासको दाबि गर्थे । किपट हरणको कथाले उनिहरुको दाबिले हावा खायो । केही याङवरके सुब्बाहरु निशानलाई संग्राहलयमा संरक्षित गर्न थालि सकेका छन भने केही चाही निशान परम्परा दास मानसिकताको पराकाष्ठा हो भन्दै निरन्तरता दिनुको औचित्य नभएकाले र काबेली तमोर बगाइ दिनपर्ने चर्को आावाज राख्दै आएका छन ।
नभन्दै आजभोली निशानको शान र तुजुक विस्तारै हराउदै गएको छ ।
निष्कर्षः
याङवरकेहरुले आफैले चाहेर नभइ तत्कालीन गोरखा राज्यले फसाउन मात्र निशान दिएको इतिहासको बिभिन्न घटनाले आफै पुष्टि गरेको छ । तत्कालीन साशकहरले याङवरके सुब्बाहरुलाई निशान भिराउन दुईवटा प्रमुख कारणहरु देखिन्छन ।
सामरिक रणनीतिः याङवरके सुब्बाहरु सुखिमसंंग मिल्नसाथ पूरै लिम्बुवान गुम्ने डर गोरखा साशकलाई राम्ररी थाहा थियो । याङवरकेहरुलाई खुशी पार्न हात हतियारसहित निशान भिराएरपछि ठूलै मान सम्मान पायौं भन्दै दंग परे ।
किपट हरणः किपट नापजाझपछि उसका सेना पाल्न कर संकलन गर्नु थियो । ल तिमारु नगरा निशान सहित सुब्बा सुभाङगी भन्दै फसाएर किपट हड्प्नु सुरु भयो ।
१० लिम्बुवान १७ थुमको नीति ९अर्जुनबाबु माबोहाङ र लक्ष्मण लावती० हड्सन पाण्डु लिपिअनुसार बिस १८३१ गोर्खा लिम्बुवान सन्धिपछि याङवरके योङहाङ, सेलिङ, हेम्ब्या, सिगु, थङम्बा ९काक० गुट सुखिमका भोटेहरुसंग
मोर्चा बाँधेर गोर्खा सेनाबिरुद्ध युद्ध लडे । यो मोर्चामा याङवरका अन्य ताम्लिङ, थङगम्वा, पन्धाक, पेगा, पेल्लुङवा, माङमू, माङयुङ, यक्पानदेन, योङया, सिगू, सिवा, इम्बुङ, लिङदेन सुहाङपनि आवद्ध थिए । हिलिहाङको बिशाल युद्धपछि याङवरकेहरु फेरी गोरखाली सेना तिरै लागे ।
सम्वभत हिलिहाङ युद्धमा भोटे याङवरक मोर्चा हारेपछि उनीहरु गोरखा सेनासंग मिलेको हुन सक्छन । संयोगपनि कस्तो छ भने हिलिहाङ युद्ध मोर्चामा आवद्ध निश्चित समुदायले मात्र निशानमा हकअधिकार पाएको देखिन्छ ।
सेन कालको चैनपुरबाट धनकुटामा प्रसाशनिक केन्द्र स्थपनापछि बि।सं। १८७० तिर श्रीनाथ कम्पु र श्रीजङ पल्टन ९१८९२० राख्न थालियो । हरेक दश वर्षमा नापी गर्दै ती दुई पल्टनले भरणपोषणको लागि किपटको कर उठाउन थाले । ६० मुरी धान फल्ने माटो सरकारलाइृ बुझाएर सुब्बा सुभाङगी बन्ने थिति यही समयदेखि सुरु भएको देखिन्छ ।