हिन्दूकृत भएका याङवरके लिम्बूहरु र निशान

✍️ दिलेन्द्र सुब्बा कुरुम्बाङ 

पान्थर/ याक्थुङ लिम्बुहरुमा एउटा प्रख्यात भनाइ छ ‘नीति र सामृति’ ।

पहिला त नीतिवालहरुले सामृतिवालहरुलाई छुवाछुतकै व्यवहार गर्थे । भरसक्य नाता कुटुम्ब नै जोड्दैनथे । परम्परागत संस्कार सँस्कृति मान्ने लिम्बूहरु नीतिवाल हुन् भने हिन्दू संस्कार सँस्कृति अपनाएर हिन्दूकृत हुने लिम्बूहरु सामृतिवाल भए । मनुस्मृतिको परम्परा ग्रहण गरेको हुनाले मनुस्मृति भन्न नजानेर लिम्बू जनजिब्रोले सामृति भनेको हो । उहिले याङवरके लिम्बुहरुले जनाइ धारण गरेर हिन्दूकृत भए तर पान्थरेहरुले जनाइधारण गर्न इन्कार गरे । त्यसैले याङवरकेहरु सामृतिवाल भए भने पान्थरेहरु नीतिवाल भए । नीतिवाल पान्थरे लिम्बुहरुले हिन्दुकृत सामृतिवाल याङवरके लिम्बुहरुलाई पुरै छिछि र दुर दुर गर्थे । पान्थरेहरुको पेलाइका कारण पछि याङवरकेहरुले पनि जनाइ फुकालेर काङवा (काबेली) खोलामा बगाइपठाए, जनाइ लगाउन छोडे । विस्तारै पान्थरे र याङवरकेहरुबीचको दुरि कम हुन थाल्यो र अहिले शुन्य अवस्थामा पुगेको छ ।


शाहवंशीय राजाहरुबाट लिएको निशान (जुन हिन्दुकरणको उपल्लो कडी हो) त्यो अझै कायम छ । निशान नचाउन सहज छैन धेरै आर्थिक भार पर्दछ । लिम्बुहरुलाई गरिबीको खाडलमा जाक्ने यो एउटा हतियार हो भने हिन्दूकरणको दर्बिलो साधन पनि । सुब्बाले पाएको अधिकार जति सबै राज्यले खोसेर लग्यो तर हिन्दू दशैँ र आर्थिक व्ययभार बोक्ने दायित्व चाहिँ लिम्बूहरुले बोकिराखेका छन् । राज्यद्वारा लादिएको हिन्दू धार्मिक चाड दशैं परित्याग बारे सचेत वर्गले आव्हान गरिरहेको छ तर हिन्दूकृत याङवरके लिम्बूहरुको तमाशा अचम्मको छ !

सम्बन्धित खवर