
समितिले प्रेस विज्ञप्ति जारी गरी प्रहरीले पक्राउ गरेका तीनजनालाई नछोड्ने हो भने असोज २९ देखि अनिश्चितकालीन धनकुटा बन्द गर्ने प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।
पहिचानबादी आन्दोलनमा संलग्न हुँदै आएका उनीहरुलाई गत २०८० असोज २५ गते प्रहरीले घरबाटै पक्राउ गरेकाे थियाे । उनीहरुमाथि झुटाे मुद्दा लगाइएको छ । समितिले आन्दोलन अनुरुप असोज २७ गते दिउँसो १२ बजे इलाका प्रहरी कार्यालय राजारानी घेराउ गर्ने, असोज २८ गते धनकुटामा विरोध कार्यक्रम गर्ने र असोज २९ गते सुनसरीको धरान–भेडेटार, बराहक्षेत्र, मोरङको लेटाङ सिंहदेवी हुँदै बुधबारे, पाँथचरको ६ नं. बुधबारे–रवि, तेह्रथुम र भोजपुरबाट धनकुटा जाने सबै नाका असोज ३० गतेदेखि भने अनिश्चितकालका लागि धनकुटा जिल्ला बन्द गरिने भएको छ ।