पेभाकुम नेम्वाङ सङ्जुम्भोको प्रथम साधारणसभा तथा पाँचौ अधिबेशन सम्पन्न: अध्यक्षमा नन्दकुमार निर्वाचित

माङसेबुङ / किरात याक्थुङ पेभाकुम नेम्वाङ सङ्जुम्भोको प्रथम साधारणसभा तथा पाचौं अधिबेशन सम्पन्न भएको छ ।

बुधबार इलामको माङसेबुङ ३ स्थित सङ्जुम्भोको कार्यालयमा किरात चोःलुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाका अध्यक्ष केहेरसिं योङहाङको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभा तथा पाचौं अधिबेशनले नन्दकुमार नेम्वाङ नन्दकुमार गाउँलेको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ ।

नरप्रसाद नेम्वाङको संयोजकत्वमा देउबहादुर नेम्वाङ र नरेन्द्र नेम्वाङ सदस्य रहेको निर्वाचन समितिबाट नवनिर्वाचित उपाध्यक्षद्वयमा प्रेम बहादुर लिम्बू, इन्द्रमाया नेम्बाङ, महासचिवमा दुदबहादुर नेम्बाङ र कोषाध्यक्षमा देवि प्रसाद नेम्बाङ चयन भएका छन् ।

यसैगरि सदस्यहरुमा बिन्दु प्रकाश नेम्बाङ, रामकृष्ण नेम्बाङ, भिममाया नेम्बाङ, नन्द प्रसाद नेम्बाङ, गणेश नेम्बाङ, मनमाया नेम्बाङ, कमल प्रसाद नेम्बाङ, निर्माला लिम्बू, नरेन्द्र नेम्बाङ, मोहनसिं नेम्बाङ, धन बहादुर नेम्बाङ र शान्ति कला लिम्बू रहेका छन् ।

इलाम, पाँचथर, झापा, मोरङ र सुनसरीका प्रतिनिधिहरु उपस्थित कार्यक्रममा सङ्जुम्भोले माङसेबुङ ५ इलाम निवासी होमकर्ण नेम्वाङलाई सम्मान गरेको छ । यस्तै गुरु निजी आश्रम कृषि तथा भौतिक पुर्वधार निर्माण आर्थिक व्यवस्थापन समितिका अध्यक्ष तारबीर नेम्बाङलाई बधाई ज्ञापन गरेको कार्यक्रममा सहयोगीहरुलाई धन्यवाद पत्र प्रदान गरेको थियो ।

सभा सङ्जुम्भोका अध्यक्ष नन्दकुमार नेम्वाङ नन्दकुमार गाउँलेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गजेन्द्र नेम्वाङले गरेका थिए ।

सम्बन्धित खवर