संघीय लिम्बुवान सामाजिक मञ्च युएईको छैटौं महाधिवेशन सम्पन्न

संघीय लिम्बुवान सामाजिक मञ्च युएईको छैटौं महाधिवेशन सम्पन्न गरेको छ ।

आइतबार २०२३ अक्टोबर १ मा युएईको बरदुबाईस्थित सिल्भर स्पोन रेस्टुरेन्टको सभा-हलमा संघीय लिम्बुवान सामाजिक मन्च युएई को छैटौं महाधिवेशनबाट भिम अधिकारीको अध्यक्षतामा ३७ सदस्यीय कार्य समिति गठन गरेको छ ।

त्यसैगरी समितिको वरिष्ठ उपाध्यक्षमा बिक्रम वाजी,उपाध्यक्षहरुमा कुमार शंङ्कर, लकि वेघा,महासचिवमा भिमा लिम्बू,उप-महासचिवमा राजेश थेबे,सचिबमा राम कुमार लिम्बू,सह-सचिबमा सरिता लिङ्देन, कोषाअध्यक्षमा मनिषा सुब्बा,स-कोषाध्यक्षमा योगेस निङ्लेकु,प्रवक्ता लोकेन्द्र सम्बाहाङ्फे, सास्कृतिक विभाग प्रमुखमा रस्ना माबो सुब्बा,सास्कृतिक विभाग उपप्रमुखमा साजन पुमा राई चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा क्रमश : गोबिन्द कुमार लुम्फुङ्वा,मेख योङ्हाङ,रुपा राई लिम्बू,सन्तोस माङ्देन,झरना सुब्बा,अम्बर फियाक,यतिम मेन्याङबो,नन्द यक्सो,अबिना सम्बाहाङ्फे,सन्जा लिम्बू,पवन माबो,हिरा बि.क., राजु तुम्बापो,कुमार बस्नेत,खगेन्द्र कुरुम्बाङ,सुबास चन्द्र श्रेष्ठ,जीवन खाडि लिम्बू,जनक मगर,टिकाराम वाजी लिम्बू,जमुना यक्सो,दिलिप सिङ बि.क.,सुन्दर लिम्बू,पर्बता थलङ र निर्मला मन्याङ्बो रहेको छ ।

अधिवेशनको उद्घाटनशत्रमा आदिवासी जनजाति महासंघ युएइ अध्यक्ष बिक्रम पङ्धाक, किरात याक्थुङ चुम्लुङ युएइ अध्यक्ष कमल लाओती, संघीय लिम्बुवान सामाजिक मञ्च युएइका सल्लाहकार  राम योङ्हाङ ‘बैदारे ठुले’ लगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यवाहक अध्यक्ष राज थेबे ‘याम्सेसे’ को अध्यक्षतामा सम्पन्न भएको विक्रम वाजी लिम्बूले वताए ।

सम्बन्धित खवर