संरक्षण टोलको प्रथम बार्षिक साधारणसभा सम्पन्न

दमक,१० असोज / संरक्षण टोल विकास संस्थाको प्रथम बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।


बुधबार झापाको दमक ७ स्थित संरक्षण सामुदायिक भवनको हलमा ७ न. वडा अध्यक्ष भीम पौडेलको प्रमुखको आतिथ्यतामा संरक्षण टोल बिकास संस्थाको प्रथम बार्षिक साधारणसभाले अर्जुन फागोको अध्यक्षतामा पाँच सदस्यीय कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा जुना मगर, सचिवमा मेघराज राई सहसचिवमा रिता थेबे र कोषाध्यक्षमा चन्द्रकला तुम्बापो चयन भएका छन् ।


टोलमा जम्मा ७७ घरघुरी रहेको टोलमा सेयर सदस्यहरुको जम्मा मौज्दात दुई लाख चौहत्तर हजार सात सय उनन्चालिस रुपैयाँ रहेको प्रतिबेदनमा उल्लेख छ ।
सभाले आर्थिक प्रतिबेदन सर्व सम्मतबाट अनुमोदन गर्दै सभा सम्पन्न भएको छ ।

कार्यक्रममा ७ न. वडा अध्यक्ष भिम पौडेल वडा सदस्यहरुद्वय इन्दु पौडेल, अतीत राई,सुधार टोल विकास संस्था दमक ७ सचिव बिनोद राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सभा संरक्षण टोल विकास संस्था दमक ७ झापाको प्रथम बार्षिक साधारणसभा अध्यक्ष खडग बहादुर राईको अध्यक्षता सम्पन्न भएको हो भने स्वागत मन्तब्य अर्जुन फागोले राखेका थिए ! संचालन सचिव राजकुमार सुब्बाले गरेको थियो ।

सम्बन्धित खवर