कुनै पनि संघसंस्थामा नरहने मोरङ आमजुंगी आधारभूत विद्यालयका शिक्षकहरुको घोषणा  

मोरङ/ मोरङ जिल्लाको केरावारी गाउँपालिकास्थित श्री आमजुंगी आधारभूत विद्यालयका प्रधानाध्यापकसहित शिक्षक, बालविकास शिक्षक तथा कर्मचारीले स्वतन्त्र शिक्षकको रुपमा मात्र रहने भन्दै संयुक्त विज्ञप्ति जारी गर्दै १० जना शिक्षक तथा कर्मचारीले  कुनै पनि संघसंस्था र भातृसंगठनमा नहरने भनी परित्याग गरेका छन्  ।

गत असोज ७ गते भएको नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौतामा आफुहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै राहत शिक्षक लगायतले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका छन् । उक्त विद्यालयका शिक्षकले नेपाल शिक्षक महासंघ साथै घटक संघ संस्थाहरूका सबै प्रतिनिधीहरुले जिम्मेवारीका साथ शिक्षक कर्मचारीका मागहरू संबोधन गराउने पक्षमा निर्णय नगरेको भन्दै उप्रान्त कुनै संघसंस्थामा नरहने घोषणा गरेका हुन् ।

हेर्नोस विज्ञप्ति-

उनीहरुले उप्रान्त स्वतन्त्र शिक्षकको रूपमा मात्र रहने र कुनै दल विशेषको भातृ तथा शुभचिन्तक घटक संघसंस्थाहरुमा आवद्धता पनि नरहने वाचा प्रतिवद्धता गरी राजिनामा वा परित्याग गरेको यसै विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

सम्बन्धित खवर