
तेह्रथुम/मेन्छ्यायेम सञ्चार सहकारी सस्था तेह्रथुमको १६औं साधारण सभामा आज सम्पन्न भएको छ ।
शुक्रबार मेयङलुङको भिमसेनथान भवनको सभाहलमा मेन्छ्यायेम सञ्चार सहकारी सस्था तेह्रथुमको १६औं साधारण सभा मेयङ्लुङ नगर प्रमुख सञ्चय कुमार तुम्बाहाङफेको प्रमुख आतिथ्यतामा सम्पन्न सभाले रेडियोमा उत्कृष्ट काम गरेको भन्दै पत्रकार वविता राईलाई सम्मान गरेको छ । राईलाई २०७७ साल देखि रेडियो मेन्छ्यायेममा रेडियो कर्मचारीको विभिन्न जिम्मेवारी सम्मालेर रेडियो प्रशारणमा पुर्याउनुभएको योगदानको उच्च मुल्याङकन गर्दै प्रमुख अतिथि म्याङलुङ नगरपालिकाका नगर प्रमुख संजय कुमार तुम्वाहाङफे र मेन्छ्यायेम सञ्चार सहकारी सस्थाका अध्यक्ष शिवकुमार पङगेन्हाङले दोसल्ला र प्रमाण पत्रले सम्मान गरेका थिए ।
त्यसै गरि सोही कार्यक्रममा रेडियोका उत्कृष्ठ सम्वाददाता भिम भट्टराईलाई पनि सम्मान गरेको छ ।
कार्यक्रममा बार्षिक प्रगति प्रतिबेदन संस्थाका अध्यक्ष शिवकुमार पंगेनहाङले गर्नुभएको थियो भने लेखा प्रतिबेदन लेखा समिति सदस्य शकुन्तला सापकोटाले प्रस्तुत गर्नु भएको हो ।
कार्यक्रममा सस्थाका कोषाध्यक्ष दिपक कट्टेलले आव ०७९/८० को ३३ लाख ५५ हजार वरावरको अनुमानित आय तथा व्यय विवरण प्रस्तुत गर्नुभएको छ । ७ सय १ सेयर सदस्य रहेको यस सहकारीको कार्यक्रममा संस्थाका पदाधिकारी, कर्मचारी, सेयर सदस्यहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष शिवकुमार पंगेनहाङको अध्यक्षतामा सम्पन्न भएको छ ।