दमकमा श्रीयन्त्र खुला फुटसल प्रतियोगिता हुँदै

दमक / झापाको दमकमा गेम ग्यारेज नेपालको आयोजनामा श्रीयन्त्र खुला फुटसल प्रतियोगिता हुने भएको छ ।

बुधबार पत्रकार मञ्च दमकको हलमा आयोजित पत्रकार सम्मेलनमा २०८० असोज ५ र ६ गते दमक ५ को बिस्ट फुटसल कोर्टमा आयोजना गरिने भएको संस्थाका फाउण्डर प्रशुभ प्रसाईंले वताए । प्रतियोगितामा श्रीयन्त्र कलेज दमक ९ ले मुख्य प्रायोजन गरेको प्रतियोगितामा झापा, मोरङ र सुनसरीका २० वटा टीम सहभागी हुने वताईएको छ ।

विजेताले नगद ४० हजार सहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्ने छन् भने उपविजेताले नगद २० हजार सहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्ने छन् ।

पब्जी लगायत ईगेमिङ प्रतियोगिता आयोजना गर्दै आएको गेम ग्यारेजले बढ्दो फुटसल क्रेज अनुसार यो प्रतियोगिता आयोजना गर्न लागेको संस्थाका फाउण्डर निरोज लाओतीले पत्रकार सम्मेलनमा जानकारी दिए । उनले दक्षिण अमेरिकाबाट सुरु भएको फुटसल संस्कृतिले नेपाललाई पनि प्रभावित पारेको टिप्पणी गरेका थिए ।

सहभागी टीमबाट प्रवेश शूल्क वापत नगद चार हजार रूपैयाँ लिइएको आयोजक आशिष तिवारीले जानकारी दिए ।

प्रतियोगितामा सहभागी टीम र समूह –

समूह ‘ए’
गामस्त फुटसल, डी बी एफ सी, भीसी ब्रदर्स, दमक ८ युथ क्लब र इटहरी स्पोर्टस् एरिना

समूह ‘बी’
रणभूमि फुटसल, राइजिङ युथ क्लब, ठूल्दाइ एफ सी, लालीगुराँस एफ सी, बिर्तामोड युनाइटेड

समूह ‘सी’
आदर्श कलेज, स्काई पावर ‘बी’, साकाटर एफ सी, बिस्ट फ्याक्ट्री, योङ बोइज

समूह ‘डी’
ब्रदरहुड एफ सी, इन्द्रेणी युथ क्लब, स्काई पावर ‘ए’, टीम भीम, लिटल किकर्स

सम्बन्धित खवर