नाटक “झोडा” सार्वजनिक

कलाकार समुहका साथै सञ्चारकर्मी भुपेन्द्र तिमिल्सिना, कवि राजकुमार सुब्बा, रंगकर्मी बिक्रम फागो वनेम, किरात याक्थुङ चुम्लुङ नगर अध्यक्ष देबेन्द्र चेम्जोङको उपस्थितिमा पोष्टरलाई सार्वजनिक गरिएको हो ।

झापाको दमक स्थित किरात भवन रायालि सेवा संघ नेपालको सभाहलमा रिहर्सल गर्दै आएको नाटकको पोष्टर सोही स्थानमा सार्वजनिक गरिएको हो ।

झापाको दमक स्थित किरात भवनमा २०८० असोज २६ गतेदेखि ३० गते सम्म हरेक साँझ बेलुका ५ बजे देखि मञ्चन हुने नाटकलाई सुरेश माङ्पाहाङ राईले निर्माण गरेका हुन भने सुर्य लिम्बूले ब्यबस्थापन गर्ने छन । नाटकको पोष्टर डिजाइन कलाकार दिलिप राईको रहेको छ ।

सम्बन्धित खवर