झापामा सम्पन्न चुम्लुङको ३५अौं स्थापना दिवसको समीक्षा बैठक बस्यो

दमक/ किरात याक्थुङ चुम्लुङको ३५अौं स्थापना दिवस सप्ताहव्यापी (भदौ १०-१७) कार्यक्रमको समीक्षा बैठक शनिवार झापा चुम्लुङहिम्मा बसी विभिन्न प्रस्तावहरू पारित गरिएका छन् ।

किरात याक्थुङ चुम्लुङ ३५ अौं स्थापना दिवस समारोह संय‍ोजक सेसेहाङ् फियाक लिम्बूको अध्यक्षतामा बसेको बैठकले चुम्लुङको ३५अौं स्थापना दिवस सप्ताहव्यापी कार्यक्रममा अामन्त्रण गरिएका प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि गण लगायत सम्पूर्णलाई विशेष धन्यवाद प्रस्ताव पारित गर्यो ।
चुम्लुङ ३५ अौं स्थापना दिवस समारोह सचिवालयले जानकारी गराए अनुसार अामन्त्रित पाहुनाहरू टुर मुकाम दमक(भदौ १०) मा प्रमुख अतिथि कियाचु पूर्व केन्द्रीय उपाध्यक्ष धिरेन लावती, टुर मुकाम गौरादह (भदौ ११ ) मा प्रमुख अतिथि नेपाल अादिवासी जनजाति महासंघ नगर समन्वय परिषद गौरादहका अध्यक्ष डिल्लीराम श्रेष्ठ, विशिष्ट अतिथि नेफिन झापाकी पूर्व उपाध्यक्ष गंगासागर राई सेर्मा, टुर मुकाम मेचीनगर (भदौ १२) मा प्रमुख अतिथि कियाचु संघीय उपाध्यक्ष डा. कमल तिगेला, विशिष्ट अतिथि कियाचु सघीय सदस्य चन्द्रकला सुब्बा, टुर मुकाम कमल-३, केरखा (भदौ १३) मा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य प्राज्ञ मुनाराज सेर्मा, विशिष्ट अतिथि कियाचु संघीय सदस्य बिमला पालुङवा हाङ्गाम, टुर मुकाम भद्रपुर (भदौ १४) मा प्रमुख अतिथि कियाचु लिम्बुवान प्रदेश समिति अध्यक्ष पान्थर बहुमुखी क्याम्पसका प्राध्यापक मधुराज केरूङ, विशिष्ट अतिथि कियाचु लिम्बुवान प्रदेश समिति सद्स्य दिलकुमारी लिङदेन, टुर मुकाम विर्तामोड सिटी सेण्टर (भदौ) मा प्रमुख अतिथि कियाचु संघीय सल्लाहकार जीत बहादुर लावती, विशिष्ट अतिथि कियाचु पुर्व केन्द्रिय सदस्य राधा सुब्बा र विर्तामोड सिटी सेण्टर (भदौ १७) मा प्रमुख अतिथि कियाचु संघीय सल्लाहकार, संस्थापक सदस्य, पूर्व सचिव, प्रथम लिम्बू चलचित्र तरेबाका नायक नरप्रसाद लुम्फुङ्वा र विशिष्ट अतिथि कियाचु संघीय सदस्य इक्सा सम्बाहाङफे रहनुभएको थियो ।

त्यसैगरी कियाचुको ३५ अौ स्थापना दिवस सप्ताहव्यापी रूपमा मनाउन कियाचु संघीय सल्लाहकार जीतबहादुर लावतीको संयोजकत्वमा गठित ५१ सदस्यीय अायोजक सल्लाहकार समिति र किरात याक्थुङ चुम्लुङका जिल्ला अध्यक्ष सेसेहाङ फियाकको संजोजकत्वमा बनेको २००१ सदस्यीय अायोजक समिति, सम्पूर्ण कियाचु नगर शाखा, गाउँ शाखा र वडा शाखाका पदाधिकारी, सदस्य तहगत सल्लाहकार एवम् शुभेच्छुकहरूलाई धन्यवाद प्रस्ताव पारित गरियो ।

मूल समारोहको कार्यक्रमलाई टुर मुकामहरूमा व्यवस्थित गर्न, गराउन अत्यन्तै सक्रिय नगर र गाउँ शाखा मेचीनगर, भद्रपुर, दमक, गौरादह, कमल र विर्तामोडलाई विशेष धन्यवाद प्रस्ताव पारित गरियो ।

सप्ताहव्यापी रूपमा सम्पन्न कार्यक्रमलाई मनोरञ्जनात्मक बनाई शोभायमान बनाईदिने राष्ट्रिय गायिका गंगा फियाक, सुनिता सङयक र याकथुङ स्टार फाइनालिष्ट दिलीप माखिम र कार्यक्रम सञ्चालक फरक अायामका कवि साङ्सेन पन्दाक, सञ्चारकर्मी भूमिका फियाक, कियाचु जिल्ला सदस्य धर्म लक्सम्बा, कियाचु गौरादह नगर सचिव नरेन्द्र वनेम, कियाचु दमक नगर सचिव सुखबहादुर सदेम्बा, कियाचु मेचीनगर सचिव मिना इजम, सह-सचिव राजेन्द्र इधिङ्गो, कियाचु भद्रपुर नगर सचिव नरदीप योङहाङ, सदस्य अनोखा लङ्वा लिम्बूलाई विशेष धन्यवाद प्रस्ताव पारित गरियो ।

सप्ताहव्यापी चुम्लुङ् स्थापना दिवसलाई अार्थिक सहयोग गर्नुहुने सहयोगी महानुभावहरू, पानी, जिन्सी लगायत अार्थिक मानसिक, शारीरिक, भौतिक सहयोग गर्नुहुनेहरू र के ला:ङ प्रतियोगितामा सहभागी सम्पूर्ण टिमलाई पनि धन्यवाद प्रस्ताव पारित गरियो ।

बैठकमा समारोह अायोजक समिति संयोजक सेसेहाङ फियाक लिम्बूले प्रस्तुत गरेका ५ लाख ६६ हजार ८७० रूपैयाँ बराबरको अाय-व्यय उपर छलफल गर्दै कार्यक्रममा जानी जानी वा नजानी भए गरेका कमी कमजोरीहरूलाई अागामी कार्यक्रमहरूमा सच्याएर अघि बढने समेत बैठकले पारित गरेको छ । बैठकले समारोह स्मारिका प्रकाशन गरेर मात्र अाय-व्यय अनुमोदन गर्ने र जुन दिन स्मारिका प्रकाशन गरिसकेर लोकार्पण गरिन्छ सोहिदिन मात्र समारोह अायोजक समिति पनि विघटन गरिने संयोजकले राखेको प्रस्ताव पारित गरेको छ ।

 

समारोह संयोजक सेसेहाङ् फियाकको अध्यक्षतामा बसेको समीक्षा बैठकमा राष्ट्रिय चुम्लुङ सदस्य शिवकुमार मेन्याङ्वो, कियाचु मेचीनगर शाखा अध्यक्ष धनप्रसाद केरूङ, कियाचु विर्तामोड नगर शाखा अध्यक्ष हिमालयप्रसाद कन्दङ्वा, भद्रपुर नगर शाखा अध्यक्ष मुना इजम कन्दङ्वा, कमल गाउँ शाखा अध्यक्ष दिवस लिम्बू, कियाचु बाह्रदशी गाउँ शाखा अध्यक्ष केशव लिवाङ्, कियाचु विर्तामोड-५ का वडा अध्यक्ष योगेन्द्र कुरुम्बाङ, कियाचु भद्रपुर-२ कि वडा अध्यक्ष बिमला खिम्दिङ लङ्वा लगायतका वडा अध्यक्ष र महानुभावहरूले समिक्षात्मक मन्तव्य राखेको कुरा समारोह सचिवालयले जानकारी गराएको छ ।

सम्बन्धित खवर