झापामा जिल्लास्तरीय केला:ङ् प्रतियोगिता सम्पन्न, विर्तामोड केला:ङ् समूह प्रथम

झापा/ झापा जिल्लामा जिल्लास्तरीय के ला:ङ प्रतियोगिता सनिवार सम्पन्न भएको छ । जसमा विर्तामोड के ला:ङ् समूह प्रथम भएको छ ।

 

किरात याक्थुङ चुम्लुङ ३५अौं स्थापना दिवस सप्ताहव्यापी कार्यक्रमसँग जोडेर आयोजना गरिएको याम्थुङ/लिम्बू जातिको लोकप्रिय नाच के ला:ङ किरात याक्थुङ चुम्लुङ विर्तामोड नगर शाखाद्वारा प्रस्तुत गरिएको विर्तामोड नगर केला:ङ् समूह प्रथम भएको हो ।

त्यसैगरी किरात याक्थुङ चुम्लुङ मेचीनगर नगर शाखाद्वारा प्रस्तुत मेचीनगर के ला:ङ् समूह द्वीतिय, किरात याक्थुङ चुम्लुङ कमल गाउँ शाखाद्वारा प्रस्तुत कमल केला:ङ् समूह तृतीय र किरात याक्थुङ चुम्लुङ् कनकाई नगर शाखाद्वारा प्रस्तुत कनकाई नगर केला:ङ समूह चौथो भएको छ ।

चुम्लुङको ३५ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको जिल्लास्तरीय केला:ङ् प्रतियोगितामा बिजयी प्रथम, द्वितीय, तृतीय र चौथो केला:ङ् समूहलाई क्रमश: ५० हजार, ३० हजार, २० हजार र १० हजार नगर पुरस्कार सहित प्रमाण-पत्र किरात याक्थुङ चुम्लुङको ३५औं स्थापना दिवस भदौ १७ गते प्रदान गरिनेछ ।

भदौ १६ गते झापा जिल्लास्तरीय के ला:ङ् समूहमा मेचीनगर, बुद्धशान्ति, विर्तामोड, भद्रपुर, दमक, कमल, गौरादह र कनकाई नगर शाखा गरि ८ वटा समूहको प्रस्तुति रहेको थियो ।

प्रतियोगितामा सहभागी ८ वटा समूहमध्ये भदौ १७ गते जिल्ला उत्कृष्ट के ला:ङ् समूह-२०८० घोषणा गरिने कुरा आयोजक संस्थाले जनाएको छ ।

किरात याक्थुङ चुम्लुङका संघीय सल्लाहकार जीतबहादुर लाओतीको प्रमुख आतिथ्यतामा सम्पन्न केला:ङ प्रतियोगितामा कियाचु पूर्व संघीय सदस्य राधा सुब्बा, जिल्ला सल्लाहकार कृष्ण थेबे लगायतका महानुभावहरूले शुभकामना मन्तव्य राखेका थिए भने स्वागत मन्तव्य कियाचु जिल्ला सह-सचिव सर्मिला अाङ्देम्बेले व्यक्त गरेका थिए ।

समारोह संयोजक सेसेहाङ् फियाक लिम्बूको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको कार्यक्रम जिल्ला सदस्य धर्म लम्सम्बाले सञ्चालन गरेका थिए ।

सम्बन्धित खवर