झापा भद्रपुरमा चुम्लुङ स्थापना दिवस मनाइयो

भद्रपुर/ किरात याक्थुङ् चुम्लुङ ३५ अौं स्थापना दिवस सप्ताहव्यापी कार्यक्रमको पाचौं दिन भदरपुरस्थित एनसिडिसी सामुदायिक भवनमा सम्पन्न गरिएको छ ।

विहिबार भद्रपुरमा अायोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष तथा पान्थर बहुमुखी क्याम्पसका प्राध्यापक मधुराज केरूङले अबको दिनमा याक्थुङ लिम्बू जातिहरू शैक्षिक र अार्थिक क्षेत्रमा विशेष लगानी गरेर अघि बढ्नुपर्ने कुरामा जोड दिनुहुँदै पहिचान र अस्तित्वको अान्दोलनमा समाहित भएर राजनैतिक अधिकारको निमित्त लड्नुको विकल्प नरहेको बताउनुभयो ।

विशिष्ट अतिथि किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश सदस्य दिलु लिङदेन लाओतीले याक्थुङ लिम्बू जातिहरू धारमिक, सांस्कृतिक संरक्षण र संबर्द्धनको नाममा या ला:ङ, के ला:ङ् मात्र नाचेर, गरगहना लाएर अबको दिनमा सो गरेर मात्र नहुने बताउँदै राजनैतिक चेतको विकास पनि गर्नुपर्ने पनि बताउनुभयो ।
जबसम्म राजनैतिक सुझबुझ हुन सक्दैन तबसम्म याक्थुङ/लिम्बूहरू नीति निर्माण तहमा पुग्न सक्दैनौं । नीति निर्माण नभई हाम्रा मुद्धाहरू सम्बोधन हुन सक्दैन ।

 

समारोहमा विशिष्ट अतिथि भद्रपुर नगर प्रमुख गणेश पोखरेलले शुभकामना व्यक्त गर्नुहुँदै चुम्लुङले संस्थागत विकास गर्दै धर्म, भाषा, साहित्य, संस्कार संस्कृति संरक्षण संबर्द्धन गरेकोमा गर्व लागेको कुरा बताउँदै स्थानीय सरकारबाट हुन सक्ने र सम्भव भएसम्म सहयोग हुने प्रतिबद्ता व्यक्त गर्नुभयो ।

कार्यक्रममा भद्रपुर नगरपालिका वडा न. ८ मा अध्यक्ष गौरव लिम्बू, किरात राई यायोक्खा झापा सल्लाहकार समर राई, नेपाल अादिवासी जनजाति महासंघ नगर समन्वय परिषद भद्रपुरका अध्यक्ष शम्सेर तामाङ्, याक्थुङ मुनचइतका महासचिव बिक्रम वनेम फागो, याक्थुङ युवा मञ्चका केन्द्रीय अध्यक्ष राजेन्द्र इधिङगो लगायतले शुभकामना मन्तव्य राखेका थिए।

किरात याक्थुङ चुम्लुङ ३५अौं स्थापना दिवस समारोह संयोजक सेसेहाङ् फियाकको अध्यक्षतामा सम्पन्न समारोहमा जेबि काम्बाङ्, लक्ष्मी तावा, अाइन्द्र अाङदेम्बे र गणेश/रीता तेयुङलाई प्रमुख अतिथि केरूङले सम्मान गर्नुभएको थियो भने पूर्व सचिव स्व. अर्जुन इधिङ्गो र स्व. बीरहाङ लिम्बूलाई मरणोपरान्त सम्मान गरियो ।

नगर सदस्य धनपति माखिमको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रममा राष्ट्रिय गायिका गंगा फियाक र याकथुङ स्टार फाइनालिष्ट दिलिप माखिमको बेजोड सागितिक प्रस्तुति रहेको थियो।

कार्यक्रम कियाचु भद्रपुर नगर सचिव नरदीप योङहाङ र सदस्य अनुखा लिम्बूले सञ्चालन गरेका थिए ।

झापा जिल्लाको भद्रपुरमा अायोजित समारोहमा पाल्नुभएका प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि, कलाकार, चुम्लुङ कार्यकर्ता लगायत समपूर्ण शुभेच्छुकहरूलाई किरात याक्थुङ चुम्लुङ भद्रपुर नगर शाखा अध्यक्ष मुना इजम कन्दङवा लगायत पदाधिकारी सदस्यहरूले स्वागत गरेका थिए ।

सम्बन्धित खवर