प्राज्ञ मुनाराज सेर्मा अभिनन्दित

कमल/ नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य मुनाराज सेर्मालाई बुधवार अभिन्नदन गरिएको छ ।

किरात याक्थुङ चुम्लुङ ३५ अौं स्थापना दिवसको सप्ताहव्यापी कार्यक्रमको चौथो दिन केर्खामा अायोजित समारोहमा विशिष्ट अतिथि किरात याक्थुङ चुम्लुङ संघीय सदस्य बिमला पालुङवाले प्राज्ञ सेर्मालाई दोसल्ला अोडाई अभिनन्दन गर्नुभएको हो ।

किरात याक्थुङ चुम्लुङको स्थापना दिन भदौ १७ गतेलाई केन्द्रविन्दू बनाई झापामा सप्ताहव्यापी कार्यक्रमको अायोजना मनाइन्दै गरिएको केर्खाको समारोहमा मुनाराज सेर्मा प्रमुख अतिथि रहनुभएको थियो ।

प्राज्ञ सेर्माले शुभकामना मन्तव्य राख्नुहुँदै अबको जमाना तार्किक तर्कको रहेकोले धार्मिक, सांस्कृतिक, सामाजिक र अाफ्नो कलालाई तार्कित अौजारमा परिणत गर्न अाग्रह गर्नुभयो । हामी पछि पर्नुको मूल कारण प्रमाणको अाधारमा तर्क गर्न नसक्नु हो भन्नुहुँदै लिम्वुवान किरात ऐतिहासिक र सभ्यताको दृष्टिकोणले सर्वमान्य रहेकोले राज्यले दमन गरेपनि दमित नहुने तर्क पेश गर्नु भएको हो ।

विशिष्ट अतिथि किरात याक्थुङ चुम्लुङ संघीय सदस्य बिमला पालुङवाले स्थापना दिवसको शुभकामना व्यक्त गर्नुहुँदै चुम्लुङको अहिलेको सांगठनिक शक्तिलाई प्रदेशको नाम कोशी खारेजीको अान्दोलनमा होम्याउन र पहिचानको अान्दोलनलाई शसक्त बनाउन अाग्रह गर्नुभयो ।

अतिथि कियाचु लिम्बुवान प्रदेश सदस्य बिक्रम वनेम फागोले अबको अान्दोलन पहिचान पक्ष र पहिचान विरोधीबिच हुने बताउँदै पहिचानको पक्षमा अान्दोलित जनताले मांसाहारी अान्दोलन गर्नुपर्नेमा जोड दिनुभयो । शाहकारी अान्दोलनले राज्य नहल्लिने बताउनुहुँदै अाफ्नो मागको मूल मुद्धालाई स्थापित गराउन र राज्यलाई घुँडा टेकाउन सशक्त अान्दोलन गर्नको विकल्प नरहेको बताउनुभयो ।

समारोहमा कियाचु लिम्वुवान प्रदेश सदस्य कविन्द्र सेर्मा, जिल्ला सदस्य दिव्यकला लिम्बू, पूर्व जिल्ला सदस्य गंगासागर राई सेर्मा, कियाचु दमक नगर शाखा अध्यक्ष देवेन्द्र चेम्जोङ लगायतले शुभकामना व्यक्त गरे ।

किरात याक्थुङ चुम्लुङ ३५अौं स्थापना दिवस समारोह संयोजक तथा कियाचु झापा अध्यक्ष सेसेहाङ् फियाकको अध्यक्षता सम्पन्न समारोहमा राष्ट्रिय गायिका सुनिता सङ्यक, गंगा फियाक र याक्थुङ स्टार फाइनलिष्ट दिलीप माखिमको बेजोड सांगितिक प्रस्तुति गरिएको थियो ।

किरात याक्थुङ चुम्लुङ कमल गाउँ शाखा अध्यक्ष दिवस लिम्बूको स्वागत मन्तव्यसँगै प्रारम्भ भएको समारोहमा साहित्यकार कवि साङ्सेन पन्दाक कियाचु नगर सचिव शुक्र लाओतीले कार्यक्रम सञ्चालन गरेका थिए ।

सम्बन्धित खवर