स्व. बचन केदेमको परिवारलाई जापान चुम्लुङ्द्वारा सहयोग प्रदान

झापा/ उच्च शिक्षाको अध्ययनको क्रममा जापान पुगेका बचन केदेमको अल्पायुमै निधन भएकोमा वहाँप्रति भावपूर्ण श्रद्धाञजली अर्पण गर्दै परिवारलाई सहानुभूति रुवरुप आर्थिक सहयोग प्रदान गरिएको छ ।

किरात याक्थुङ् चुम्लुङ् जापानको प्रतिनिधित्व गर्दै किरात याक्थुङ् चुम्लुङ् झापाले भदौ ५ गते कियाचु संघीय सदस्य चन्द्रकला सुब्बा, इक्सा सम्बाहाङ्फे, राष्ट्रिय चुम्लुङ् सदस्य गुमानसिं सम्बाहाङ्फे लगायत चुम्लुङ् कार्यकर्ताको हस्तबाहुलीद्वारा ने. रु. १ लाख ४५ हजार ७ सय ४० रुपैयाँ स्व. बचन केदेमको दिदी सुमित्रा केदेमलाई हस्तान्तरण गरिएको हो ।

स्व. केदेमका दिदी सुमित्रा केदेमलाई दमकस्थित निवासमा भेटघाट गरी कियाचु जापानले संकलन गरि पठाएको सो रकम हस्तान्तरण गरिएको हो ।

रकम हस्तान्तरण कार्यक्रममा किरात याक्थुङ् चुम्लुङ् झापा जिल्ला अध्यक्ष सेसेहाङ् फियाक, दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङ्, चुम्लुङ् दमक नगर पालिका वडा न.ं ८ का वडा अध्यक्ष चन्द्र कन्दङ्वा लगायत स्थानीय समाजसेवीहरुको समेत उपस्थिति रहेको थियो ।

किरात याक्थुङ् चुलुङ् जापान मार्फत निम्न व्यक्तिहरुले उल्लेखित रकम सङ्कलन गरिपठाएको कियाचु जापानका महासचिव मुक्साम लाओतीले वताए ।

ताप्लेजुङ् मेरिङ्देन गाउँपालिका वडा न.ं २ स्थायी निवासी बुबा आशिकराम केदेम र आमा स्व. मनकुमारी ओख्राबुको कान्छा छोराको रुपमा वि.स.ं २०६० भदौ १४ गतेका दिन जन्म भई हाल दमक नगर पालिका वडा न.ं ८ झापामा दिदी लगायत परिवारसँग बसोबास गर्दै आएका बचन केदेम दमकस्थित पद्मा इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीबाट अध्ययनको शिलशिलामा जापानको आइची केनको नागोयास्थित नागोया एआइयुइओ इन्टरनेशनल स्कूलमा भाषा विद्यार्थीको रुपमा मिति २०२३ फ्रेबुवरी ८ तारिखका दिन जापान पुगी अध्ययन गरिरहेको अवस्थामा सन् २०२३ जुन २३ तारिख शुक्रवार बिहान विद्यालय जानेक्रममा बाटोमा अचानक बेहोस भई कोमेई मिनातो कु स्थित चुबु रोसाई हस्पिटलमा उपचार गर्न पुर्याइएकोमा असामयिक देहान्त भएको थियो ।

जापानमा आफ्नो उज्वल भविष्यको सपना बुनेर पुगेका बचन केदेमको असामयिक निधनले किरात याक्थुङ् चुम्लुङ् जापान परिवार जापानवासी नेपालीहरु मर्माहत भएको जनाएँदै वहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकुल परिवारजनमा हार्दिक समवेशना व्यक्त गरेको छ ।

स्व. बचन केदेम जापान जानुपूर्व याक्थुङ् युवा मञ्च दमक नगर शाखाका सचिवमा कार्यरत हुनुहुन्थ्यो।

सम्बन्धित खवर