झापा / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाले २४ औं स्थापना दिवस मनाएको छ ।
मंगलबार बिर्तामोडको अतिथिसदनको हलमा आयोजित स्थापना दिवस कार्यक्रम नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का संघीय उपाध्यक्ष कमन देवानको प्रमुख आतिथ्यतामा
पहिचानका लागि नेपाल आदिवासी जनजाति महासंघ (नेफिन), जातीय संगठनहरु र फोनिज बिचको सहकार्य बिषयमा अन्तर संवाद समेत भएको थियो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)का झापा जिल्ला अध्यक्ष पाण्डवलाल चौधरी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ १ नम्बर प्रदेश समिति महासचिव शुसन राई, फोनिज (तत्कालिन अनिज) झापाका संस्थापक अध्यक्ष दिपिन राई, नेपाल पत्रकार महासंघ प्रदेश सदस्य बिष्णु सुब्बा, फोनिजका प्रदेश सल्लाहकार अनिल देव राई, किरात याक्थुङ चुम्लुङ झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाक, किरात राई यायोख्खा जिल्ला सदस्य गौरिमान राई, फोनिज झापाका पूर्व अध्यक्ष इन्द्रजीत मुखिया, सल्लाहकार राधा सुब्बा, तमु ह्युल धोज धी बिर्तामोड नगर अध्यक्ष सलबहादुर गुरुङ लगायतले शुभकामना राखेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष भिम नेम्वाङ्ग, फोनिज (तत्कालीन अनिज)झापाका संस्थापक सचिव इन्द्रसिंह राजवंशी, पूर्व अध्यक्षहरु रमेश समदर्शी राई, गणेशमान मुखिया, बिशाल नेम्बाङ, नेपाल तामाङ घेदुङ झापा जिल्ला अध्यक्ष जगत तामाङ, आदिबासी जनजाति महासंघ बिर्तामोड नगर सचिव सन्तोष बेघा, बिर्तामोड नगरपालिकाका लेखा अधिकृत तेजेन्द्र तामाङ्ग, इन्जिनियर प्रभास थापा मगर, रोट्रयाक्ट क्ल्व बिर्तामोडका पूर्व अध्यक्ष राज मुखिया लगायतको उपस्तिथि रहेको थियो ।
कार्यक्रम फोनिज झापाकी अध्यक्ष भूमिका सुब्बा फियाकको अध्यक्षतामा सम्पन्न भएको थियोे । फोनिज झापा जिल्ला सदस्य सुरेश आले (सर्जु) ले स्वागत मन्तव्य राखेका थिए भने संचालन फोनिज जिल्ला सचिव तिलक योञ्जनले गरेका थिए ।
त्यसै गरी कार्यक्रममा फोनिज संघीय समितिद्वारा प्रकाशित नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्य नारायण बहादुर श्रेष्ठ बिशेष स्मारिका पुस्तक समेत वितरण गरिएको थियो ।
यसरी नै २४ औ स्थापना दिवसको अवसर पारेर चर्चित गायिका मेलिना राईले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज )झापाको अक्षयकोषका लागि रु ५० हजार सहयोग गर्नुभएको छ । फोनिज झापाले आज विर्तामोडमा आयोजना गरेको आफनो २४ औ स्थापना दिवस तथा अन्तरसंवाद कार्यक्रममा गायिका राईले उक्त रकम बराबरको चेक अक्षयकोष संयोजक गणेशमान मुखियालाई गायिका राईको तर्फबाट उहाँका आफन्त सुजन राईले चेक हस्तनान्तरण गर्नुभएको थियो ।
फोनिज झापाले आफना अग्रज पत्रकार स्व.डिकमान सुनुवार विरहीको स्मृतिमा स्थापना गरेको अक्षयकोषमा गायिका राईले रकम सहयोग गर्नुभएको हो । अक्षयकोषबाट प्राप्त हुने व्याजसहितको रकमले प्रत्येक वर्ष झापाली पत्रकारितामा योगदान पुर्याए वापत एक जना पत्रकारलाई ‘स्व.डिकमान सुनुवार विरही स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिदै आएको फोनिज झापाकी अध्यक्ष भूमिका फियाक लिम्बुले बताइन ।
फोनिज झापाले यसअघि प्रत्येक बर्ष २ जना नवदित पत्रकारहरुलाई उदयीमान पत्रकारीता पुरस्कार समेत प्रदान गर्दै आएको थियो । अब उक्त पुरस्कारलाई समेत प्रत्येक दुई/दुई बर्षमा वितरण गरिने वताईएको छ ।