
मञ्चले आइतबार प्रेस नोट जारी गर्दै उक्त पुरस्कारको नवौं संस्करणबाट गजलकार बञ्जरालाई पुरस्कृत गर्ने निर्णय भएको प्रेस नोटमार्फत सार्वजनिक गरेको छ । पुरस्कार आगामी भदौ २८ गते १५७ औं मोतीजयन्तीको अवसरमा बिशेष समारोहकाबीच वितरण गरिने मञ्चका अध्यक्ष सन्देश सुभा इङ्वाले बताए । पुरस्कारको राशी सम्मानपत्र सहित नगद आठ हजार ८८८ रुपैंयाँ रहेको छ ।
दमक, झापाका गजलकार बञ्जरा अढाइ दशकदेखि गजल लेखनमा सक्रिय छन् । उनका आँखाभरी सपना (२०६२), जैतुन (२०७३) र पलक (२०८०) गजल कृति प्रकाशित छन् ।
यो पुरस्कारबाट यसअघि मदन मुच्र्छना (पाँचथर), सुन्दर कुरुप (इलाम), सुमित्रा वाङदेल चेली (झापा), राबत (नुवाकोट), प्रकट पँगेनी शिव (कास्की), ललीजन रावल (काठमाडौं), प्रेम ओझा (पाँचथर) र लेकाली कान्छा मुक्कुम (ताप्लेजुङ) पुरस्कृत भइसकेका छन् ।
पाँचथर गजल मञ्चका संस्थापक अध्यक्ष मधुराज केरुङ र लेखक सागर केरुङ लगायत परिवारले आफ्ना दिवाङ्गत पिताको स्मृतिमा ऐतराज केरुङ स्मृति गजल पुरस्कार स्थापना गरेका हुन् ।
हेर्नुहोस प्रेस नोट :