हल्दिवारीमा किरात याक्थुङ् चुम्लुङ्को तदर्थ समिति गठन

हल्दिबारी,३१ साउन/झापा जिल्लाको हल्दिबारी गाउँ पालिकामा किरात याक्थुङ् चुम्लुङ्को तदर्थ गाउँ कार्य समिति गठन भएको छ ।

किरात याक्थुङ् चुम्लुङ् जिल्ला अधयक्ष सेसेहाङ् फियाकको संयोजकत्वमा गोलढापमा भएको भेलाले तदर्थ समिति गठन गरेको हो ।

युवा चुम्लुङ्कर्मी भिम साँबाको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । जसमा उपाध्यक्ष, सचिव, र कोषाध्यक्षमा क्रमशः गीता राई आङ्देम्बे, डम्बर आङ्खेवा र डिकमान फागो रहेका छन् भने सदस्यहरुमा सुमन नेम्बाङ्, बुद्ध मावो, सञ्जय योङ्हाङ्, सन्तोाष माङ्युङ् र पवन थाम्सुहाङ् रहेका छन् ।

हल्दिबारीमा निवर्तमान अध्यक्ष भक्त केरुङ्को नेतृत्वमा रहेको किरात याक्थुङ् चुम्लुङ् गाउँ कार्य समितिले विगत ४ वर्षसम्म कुनैपनि गतिविधी नगरेको र समयमा गाउँ अधिवेशन पनि नगरी समिति निष्क्रिय राखेकोले जिल्ला शाखाले केरुङ्को नेतृत्वको समिति भङ्ग गरेको थियो ।

यसरी विधाननत भङ्ग भएको गाउँमा पुनः समिति क्रियाशिल बनाउनको निमित्त तदर्थ समिति गठन गरी गाउँ कार्य समिति पुनर्जीवित गर्न गराउनको निमित्त समिति गठन गरिएको हो ।

सम्बन्धित खवर