
बिराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले कोशी नाम खारेज गरेर प्रदेश नम्बर १ को नामाकरण सभ्यता, संस्कृति, पहिचान र इतिहासका आधारमा लिम्बुवान किरात राख्न माग गरेको छ । प्रदेश १ को प्रादेशिक राजधानी बिराटनगरमा साउन २६ र २७ गते सम्पन्न नेपाल आदिवासी जनजाति पत्रकार महासंघ संघीय समितिको छैठौं पूर्ण बैठक र फोनिजको २४ औँ स्थापना दिवस मूल समारोहले १३ बुँदे विराटनगर घोषणापत्र जारी गरेको हो ।