दमक,२७ साउन/ रुबाई मञ्च नेपालको प्रथम वार्षिक साधारणसभा तथा ऐतिहासिक प्रथम महाधिवेशन सम्पन्न गरेको छ ।
शनिबार झापाको दमक-७ स्थित संरक्षण टोलको भवनमा रुबाई अभियन्ता /सल्लाहकार याम थुलुङको प्रमुख आतिथ्यतामा रुबाई मञ्च नेपालको प्रथम वार्षिक साधारणसभा तथा ऐतिहासिक प्रथम केन्द्रीय महाधिवेशनले राजकुमार सुब्बा अनिश्चितको अध्यक्षतामा ९ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा मुसाहाङ अम्याङ्सा, महासचिवमा विनोद राई,सचिवमा कमल मिश्र र कोषाध्यक्षमा आशा फुयल निर्वाचित भएका छन् । त्यसै गरी सदस्यहरुमा क्रमश ः अशोक बस्नेत, रुमानी कुलुङ, मौलश्री लिम्बू र रचना लाओती रहेको निर्वाचन समिति सदस्य सचिव लोकेन्द्र वञ्जराले वताए ।
ग्यांस च्याबरमा बुद्व २०६१ सालमा रुबाई अभियन्ता प्रकाश आङ्देम्बेको रुबाई संग्रह प्रकाशित भएपश्चात अनौपचारिक रुपमा वि.स.२०६३ सालदेखि प्रारम्भ भएको “रुबाई मञ्च नेपाल” स्थापना गर्ने परिकल्पना गरिएको थियो । सो अनुसार २०६७ सालमा रुबाई साहित्य महोत्सव भव्यताका साथ सम्पन्न गरिएको हो । संस्था २०७९ माघ ९ गतेबाट औपचारिक रुपमा संस्था संगठित हुँदै आएको “रुबाई मञ्च नेपाल”को साधारण सभामा प्रस्तुत अध्यक्षको वार्षिक प्रतिवेदन, महासचिवको सांगठानिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन र संस्थाको रुबाई अक्षयकोष विनियम २०८० समेत अनुमोदन तथा पारित गरेको छ ।
कार्यक्रममा कवि साहित्यकार याम थुलुङ, लोकेन्द्र बञ्जरा, अशोक बस्नेत,विवश वलिभद्र कोइराला, विराट किराती, कमल मिश्र,ज्योति भट्टराई लगायतले मन्तव्य राखेका थिए ।
महाधिवेशन रुबाई मञ्च नेपाल तर्दथ संस्थापक अध्यक्ष मुसाहाङ अम्याङ्साको अध्यक्षतामा सम्पन्न भएको हो ।
स्वागत मन्तव्य रुबाई मञ्च नेपाल उपाध्यक्ष राजकुमार सुब्बा अनिश्चित पारघरीले राखेका थिए भने संचालन महासचिव विनोद राईले गरेका थिए ।