दमकमा चलचित्र हाङनान्दको पत्रकार सम्मेलन

दमक,२५ साउन / नेपाली कथानक चलचित्र हाङनान्दको पत्रकार सम्मेलन आज सम्पन्न भएको छ ।


विहीबार झापाको दमक न.पा.६ स्थित लाटे आर्टको हलमा पङ्धाक फिल्म्स प्रोडक्सन प्रा.लि.को प्रस्तुति रहेको नेपाली कथानक चलचित्र हाङनान्द याक्थुङ मुन्धुममा आधारित लिम्बूहरुको महत्त्वपूर्ण बाजा च्याब्रुङको उत्पति र यसको विशेषतामा आधारित रहेर निर्माण गरिएको याक्थुङ (लिम्बू) मुन्धुमअनुसार आफ्नै दाजु केसामी (बाघ)लाई उनकै भाइ नाम्सामी (मान्छे)ले मारेको र बाघको छालाबाट के (च्याब्रुङ)बनाएर वजाएको मिथकमा आधारित छ हाङनान्दमा ।
हाङनान्द अर्थात जित्ने राजाका रूपमा मिथकीय चलचित्रलाई हिंस्रक जनावरीय स्वाभाव माथि मानवीय स्वाभावको जितका रूपमा प्रस्तुतीकरण गरिएको चलचित्र हाङ्नान्द निर्देशक विजय संयकले वताए ।

चलचित्र ६५ लाख रकमको लगानीमा निर्माण गरिएको निर्माता धनकुमारी लिम्बूको रहेको छ । चलचित्रको कथा हेमन्तकृष्ण पङ्धाकको रहेकोे छ ।

हाङनान्द आगामी २०८०भदौ १६ गते झापा दमकको पाथीभराहलमा प्रदर्शन हुँदै छ ।

सम्बन्धित खवर