नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापा पुनः४७ जना प्रदेश सभाका सदस्यहरुको समर्थनमा थापा मंगलबार मुख्यमन्त्री नियुक्त भएका हुन् ।
बुधबार नवनियुक्त मुख्यमन्त्री थापाले पद तथा गोपनियताको सपथ ग्रहण गर्ने कार्यक्रम तय भएको प्रदेशस्थित मुख्यमन्त्री कार्यालयले जनाएको छ । थापाको आफ्नै दल कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकिकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी,नेपालका १ गरेर ४७ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । ९३ सदस्यीय विवादित कोशी प्रदेश सभामा सरकार गठनको लागि आवश्यक न्यूनतम संख्या पनि ४७ नै हो ।
उनी यस अघि असार २१ गते पहिलो पटक मुख्यमन्त्रीमा नियुक्त भए पनि सो विरुद्ध एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सर्वोच्चले थापाविरुद्ध फैसला गर्दै मुख्यमन्त्री नितुक्ति अवैध ठहर गरेको थियो । त्यतिबेला थापाले आफ्नो समर्थनमा रहेका ४७ जनाप्रदेश सभा सदस्यहरुमध्ये सभामुख बाबुराम सदस्यहरुमध्ये सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर गराएर प्रदेश प्रमुख परशुरामखापुङलाई बुझाएका थिए
अघिल्लो नियुक्ति बदर हुनुमा सभामुखको हस्ताक्षरलाई सर्वोच्चले कारण देखाएको थियो । यस पटक भने सत्ता गठबन्धन दलहरुकोसमझदारीमा सभामुख गौतमलाई राजिनामा गर्न लगाएर ४७ जना प्रदेश सभा सदस्यहरुको समर्थन रहेको हस्ताक्षर गरेर थापालाईमुख्यमन्त्री प्रस्ताव गरेको थियो ।
विवादित कोशी प्रदेशका प्रदेश प्रमुख खापुङले ४७ जना सदस्यहरुको समर्थनमा थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
यद्यपि, सभामुखको राजीनामा स्वीकृत भैसकेको हो वा होइन ? भन्ने विषय स्पष्ट छैन ।
यदि गौतमको राजीनामा स्वीकृत भएको खण्डमा थापाले मुख्यमन्त्रीमा निरन्तरता पाउने सम्भाना छ ।
वा, सत्ता गठबन्धनकै सिको गरेर एमालेले पनि उपसभामुख सिर्जना दनुवारलाई राजीनामा गराएर थापा सरकारलाई फेरि धरापमापार्न सक्ने धेरैले आँकलन गरेका छन् ।
यस पटक भने थापाको नियुक्ति प्रकृयाबारे प्रदेश संसदको ठूलो दल एमालेले तत्काल कुनै प्रतिकृया दिएको छैन ।