काठमाडौं/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) अबदेखि नहुनेगरी प्रस्ताव अघि बढाइएको छ ।
नोल सरकारले विद्यालय शिक्षा विधेयकले माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.)खारेज गर्ने प्रस्ताव गरेको छ । विधेयकमा विद्यालय संरचनामा आधारभूत तह ९कक्षा १–८० को परीक्षा स्थानीय र माध्यमकि तह ९कक्षा ९–१२० को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने प्रस्ताव गरिएको छ ।
विसं १९९० देखि सुरू भएको एसएलसी र २०७३ सालबाट यसको नामकरण माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) परीक्षा खारेज हुने संघारमा पुगेको हो ।
मन्त्रालयको कुनै पनि उच्च अधिकारीलाई जानकारी नै नदिई गोप्य राखिएको मस्यौदामा कक्षा १२ सम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिइने भएको छ । माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) नलिने भएपछि पनिकाको हैसियत समाप्त हुने भएको छ ।