काठमाडौं / माध्यमिक शिक्षा परीक्षा (एसईई) अबदेखि नहुनेगरी प्रस्ताव अघि बढाइएको छ ।
सरकारले विद्यालय शिक्षा विधेयकले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज गर्ने प्रस्ताव गरेको छ । विधेयकमा विद्यालय संरचनामा आधारभूत तह (कक्षा १–८) को परीक्षा स्थानीय र माध्यमकि तह (कक्षा ९–१२) को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने प्रस्ताव गरिएको छ ।
वि.सं. १९९० देखि सुरू भएको एसएलसी परीक्षा शुरु भएको हो र २०७३ सालबाट यसको नामकरण एसईई भएको एसईई खारेज हुने संघारमा पुगेको हो । मन्त्रालयको कुनै पनि उच्च अधिकारीलाई जानकारी नै नदिई गोप्य राखिएको मस्यौदामा कक्षा १२ सम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिइने भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने भएपछि प.नि.का.को हैसियत समाप्त हुने भएको छ ।
यो समाचार आजको गोरखापत्र मा प्रकाशित छ ।