विर्तामोडमा कमलादेवी आङ्बुहाङको स्मृति दिवस सम्पन्न

विर्तामोड,३ साउन/ किरात याक्थुङ् चुम्लुङ् झापा शाखालाई जिल्ला कार्यालय स्थापनाको लागि जग्गा र भवन निर्माण गरी प्रदान गर्नुहुने जग्गादाता परिवार स्व.कमलादेवी आङ्बुहाङको पाँचौं स्मृति दिवस मनाइएको छ ।


प्रत्येक वर्ष साउन २ गते विर्तामोडस्थित जिल्ला चुम्लुङ्हिममा कार्यक्रमको आयोजना गरी मनाउँदै आएको र यसलाई निरन्तरता दिँदै भवन निर्माण गरेर जग्गा सहित प्रदान गर्नुहुने दाता स्व. नरेन्द्रबहादुर आङ्बुहाङकी धर्मपत्नी स्व. कमलादेवी आङ्बुहाङको पाँचौं स्मृति दिवस सम्पन्न गरिएको हो ।

वि.स. १९८४ पुस ६ गते पल्लो किरात लिम्बुवान ताप्लेजङ् जिल्ला आठराई गाउँपालिका साविक हाङ्पाङ्–४, चुँवामा जन्मनुभई वि.स. २०३० सालदेखि झापा जिल्लाको साविक चारपाने–१ मा स्थायी बसोबास गरिरहेको अवस्थामा वि.स. २०५६ साल कातिक २ गते परलोक हुनुभएका दाता स्व. नरेन्द्रबहादुर आङ्बुहाङकी धर्मपत्नी हुन्, कमलादेवी आङ्बुहाङ् । वि.स.१९८६ साल चैत २९ गते दिन जन्मनुभएकी दाता परिवार कमलादेवी आङ्बुहाङ्को वि।ं स।ं २०७५ साल साउन २ गते देहान्त भएको हो ।

दाता स्व. नरेन्द्रबहादुर आङ्बुहाङका परिवारजनले विर्तामोड नगरपालिका वडा न. १ स्थित सिरिजङ्गा चौकमा १ कट्ठा ७ धुर जग्गामा रु. १०,०५,०००।– अक्षरेपी दश लाख पाँच हजार बराबरको भवन निर्माण गरी वि.स. २०५९ पुस ६ गतेका दिन किरात याक्थुङ् चुम्लुङ् जिल्ला कार्य समिति झापा शाखालाई श्रेस्तागत रुपमा हस्तान्तरण गरेका हुन् ।
स्व. पिता नरेन्द्रबहादुर आङ्बुहाङको चीर स्थायी र अमरत्वको कामना गर्दै वहाँकै जन्मवारका दिन श्रेस्तागत रुपमा जग्गा र भवन प्रदान गर्नुहुने परिवाजनहरु कमलादेवी आङ्बुहाङ् (त्यस समयमा जीवित हुनुहुन्थ्यो), छोराहरु महेन्द्र, गजेन्द्र, जयेन्द्र र ज्ञानेन्द्र आङ्बुहाङ्, बुहारीहरु सावा, लक्की, यशोदा र रेखा, छोरी पम्फा सुब्बा, नातिहरु, नवराज र विभास, नातिनीहरु रेजिना, सृजना, शिखा र श्रद्धा हुन् ।
याक्थुङ् लिम्बुहरुको सर्वोच्च संस्थाको रुपमा स्थापित किरात याक्थुङ् चुम्लुङको जिल्ला शाखा झापालाई पूर्ण रुपमा स्थायित्व बनाउन जग्गा र भवन निर्माण गरी प्रदान गर्नुहुने दाता स्व. नरेन्द्रबहादुर आङ्बुहाङको प्रत्येक वर्ष पुस ६ गते जन्मजयन्ती मनाउने गरिन्छ भने वहाँका धर्मपत्नी स्व. कमलादेवी आङ्बुहाङको प्रत्येक वर्ष साउन २ गते स्मृति दिवस मनाउने गरिन्छ । यसलाई निरन्तरता दिँदै यस वर्ष साउन २ गते स्व. कमलादेवी आङ्बुहाङको पाँचौं स्मृति दिवस मनाइएको हो ।


किरात याक्थुङ् चुम्लुङ संघीय सदस्य चन्द्रकला सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न स्मृति दिवसमा हल्दिबारी गाउँपालिका अध्यक्ष रबिन्द्र लिङ्देन, नेपाल आदिवासी जनजाति महासंघ झापा अध्यक्ष पाण्डवलाल चौधरी, राष्ट्रिय चुम्लुङ् सदस्य जनबहादुर चोवेगु, जिल्ला सल्लाहकार क्या. जगनध्वज वनेम, किरात याक्थुङ् चुम्लुङ् मेचीनगर अध्यक्ष धनप्रसाद केरुङ्, कियाचु कमल अध्यक्ष दिवस सम्बाहाङफे लिम्बूू, कियाचु भद्रपुर उपाध्यक्ष सुनिता लामा सुहाङ्, नेपाल आदिवासी जनजाति महासंघ मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ्, दाताकी बुहारी लक्की आङ्बुहाङ्, नातिनी शिखा आङ्बुहाङ् लिङ्देन लगायतले श्रद्धासुमन मन्तव्य राख्दै जग्गा र भवन दाताहरुको योगदानको चर्चा गरेका थिए ।

किरात याक्थुङ् चुम्लुङ् जिल्ला अध्यक्ष सेसेहाङ् फियाकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ् चुम्लुङ् विर्तामोड नगर शाखा अध्यक्ष हिमालयप्रकाश कन्दङ्वाले स्वागत मन्तव्य राखेका थिए भने जिल्ला सह–सचिव शर्ण लोवाले कार्यक्रम सञ्चालन गरेका थिए ।

स्मरण रहोस् वहाँहरुले संस्थाप्रति पुर्याउनुभएको योगदानलाई उच्च सम्मान गर्दै कार्यक्रममा कियाचु विर्तामोड नगर शाखा अध्यक्ष धनराज लिम्बूको संयोजकत्वमा केलाङ समेत प्रस्तुत गरिएको थियो ।