
मंगलबार झापाको कमल गाउँपालिका ३ केर्खामा किरात याक्थुङ चुम्लुङ केन्द्रीय सदस्य चन्द्रकला लिम्बुले विधिवत रुपमा स्थापना गरिएको सिलाम् साक्माको अनावरण गर्नु भएको थियो ।
लिम्बू जातिको मुन्धमअनुसार पृथ्वीतलमाथि मुख्य नौ देवलोकहरु भएकाले देवताको थान वा आराधनास्थाल बनाउँदा नौ तला , सात तला बनाई पुजा आर्चना गर्ने परम्परा लिम्बु जातिहरुको प्रचलित रीतिथितिमा पाईन्छ ।
पृथ्वीलेखी माथिका देवलोकमा पृथ्वीलोक, आत्मालोक,आकाशलोक, न्यायलोक, सत्यलोक, उज्ज्ललोक, तपलोक,पवित्रलोक बैकुण्ठलोक रहेका छन् । त्यसलाई लिम्बू समुदायमा जन्मदेखि मृत्यु पर्यन्तसम्म विभिन्न तिनै नौ लोकका आधारमा संस्कार गरिने परम्परा रहेको छ । यिनै नौ ग्रहको पुजा गर्ने विधि विधान रहेको र तिनै नौ ग्रहलाई एकमुष्ट भन्दा सिलाम् साक्मा नामले बोलाउने गरिएको किरात याक्थुङ चुम्लुङ झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाक लिम्बूले वताए ।
लिम्बू जातिको मुन्धुमअनुसार सत्यलोक देखि माथितिर उज्ज्वललोक छ । उज्ज्वललोक देखि माथीतिर तपलोक छ र तपलोक देखि माथी पवित्रलोक रहेको विश्वास गरिन्छ ।
त्यस्तै गरी तपलोक देखि माथी पवित्रलोक , पवित्रलोक देखि माथी बैकुण्ठलोक,बैकुण्ठलोक देखि माथी तागेरा निङवाभुमाङ विराजमान रहनु भएको छ भने बैकुण्ठलोक देखि माथी अरु कुनै लोक नरहेको विश्वास गरिएको छ । सिलाम् साक्मा भएको स्थानमा कुनै पनि गलत काम हुदैन भन्ने जनविश्वास रही आएको छ ।
सिलाम् साक्मा निर्माण समिति अध्यक्ष गोपाल साम्रा लिम्बूको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा दुई दर्जन भन्दा बढी नेताहरुको उपस्थिति रहेको थियो ।