झापा/ संसारभर नेपालीहरुले आज साउने संक्राती मनाउँदैछन् ।
साउन १ गतेका दिन मनाईने चाडलाई लिम्बूले सिसेःक्पा तङनाम र लुतो फाल्ने दिनको रुपमा विभिन्न समुदायले फरक–फरक नाम र तरिकाले मनाइन्दै आएको छ । आज देखि दक्षिणयान सुरु हुन्छ । असार महिनाभरी खेतपाीती गर्दा हिलो मैलोले छाला सम्बन्धि विभिन्न रोग लाग्ने भएकोले रोग निको पार्न लुतो फाल्ने गरिएको विश्वास रही आएको छ ।
साउने संक्राति चाड रोग व्याधी, अनिकाल खेदाउने सहकाल बोलाउने महान चाडको रुपमा मान्ने गरिन्छ । साउने संक्रातिको दिन गाउँघरमा अन्न र फलफूलका फल पातहरु मकै, खोर्सानी, बाबियोको डोरीमा लहरै तुनेर मूल ढोका माथि झुन्डयाइन्छ र बेलुका मिठोमिठो खानेकुरा खाईसकेपछि दियालो बालेर घरका कुनाकाप्चामा नाङ्लो ठटाउँदै बाहिर निस्केर अगुल्ठो र नाङ्लो घर बाहिर फ्याक्ने गरिन्छ । यसो गर्नाले अनिकाल खेदाउने र सहकाल आउने जनविश्वास रहेको छ ।