पत्रकार मञ्च दमकको नयाँ सदस्यता छानविन समिति चयन

दमक, ३१ असार/ पत्रकार मञ्च दमक झापाले नयाँ सदस्यता छानविन समिति चयन गरेको छ ।

शनिबार पत्रकार मञ्च दमकको कार्यालयमा सम्पन्न बैठकले नयाँ सदस्यताका लागि माग भए वमोजिमका आवेदनमाथि आवश्यक छानविन गरी नयाँ सदस्यता प्राप्तिका लागि सिफारिस गर्न उमानाथ भण्डारीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । छानविन सदस्यहरुमा धनबहादुर थेबे र सदस्य गंगामाया बेघा रहेका छन् । सो समितिले आवेदनमाथि आवश्यक छानविन गरी एक हप्तासम्ममा नयाँ सदस्यताका लागि सिफारिस गर्ने छन् ।
त्यस्तै गरी सदस्यता नवीकरणका लागि समेत मञ्चले सदस्यहरुलाई आह्वान गर्ने निर्णय भएको सहसचिव धन बहादुर थेवेले वताए ।
बैठक पत्रकार मञ्च दमक अध्यक्ष कमन देवानको अध्यक्षतामा सम्पन्न भएको हो ।