विराटनगरमा पहिचान पक्षधर र कोशी प्रदेश सरकारबीच वार्ता सुरु

विराटनगर ४ असार/ प्रदेशको नाम कोशी सरकार र १ नं प्रदेश पुनः नामाकरण संयुक्त संघर्ष समितिबीच सोमबार विराटनगरको विग होटलमा वार्ता सुरु भएको छ ।माओवादी केन्द्र र जसपा, नेपालले सरकार छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिचान पक्षधरसँग वार्ताका लागि मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा वार्ता समिति गठन गरेका थिए । वार्ता समितिमा उद्योग कृषि तथा सहकारी मन्त्री सिटौला र सामाजिक विकास मन्त्री बुद्वि कुमार राजभण्डारी सदस्य छन् ।

वार्ता समिति सदस्यमा गोबिन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिभक र पदम चवेगु रहेका छन् ।  सरकारले वार्ताको आह्वान गरेपछि पहिचान पक्षधरले आइतबार वार्ता समिति बनाएको थियो ।

गत फागुन १७ गते प्रदेश सभाले प्रदेश नं. १ को नाम कोशी राखेपछि पहिचान पक्षधर प्रदेशको नाम कोशी खारेज सहित पुनः वहुपहिचानको आधारमा प्रदेशको नाम राख्नु पर्ने माग राख्दै आन्दोलनमा छन् ।

सम्बन्धित खवर