सुमन सहित ३ जना सञ्चारकर्मी विराटनगरबाट प्रहरी नियन्त्रणमा

विराटनगर,१४ जेठ / प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समितिले गरेको कोशी नाम खारेजी आन्दोलनमा संलग्न रहेको भन्दै तीन जना सञ्चारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतबार बिराटनगरमा भईरहेको कोशी नाम खारेजी आन्दोलनमा रिपोर्टिङ गरिरहेका रेडियो माङ्सेबुङका स्टेशन प्रमुख तथा किरात समाचार डट.कम अनलाइनका संचालक साथै कार्यकारी सम्पादक सुमन लावतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यसैगरी धरानबाट नुमाफुङ मिडियाका स्वर्णिम फोम्बोलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खवर