चुलाचुली,९ जेठ / काठमाडौं, थापागाँउ स्थित मण्डला नाटकघरमा जेठ १६ देखि ३२ गते सम्म नाटक “बुद्व र भिखारी” मञ्चन हुने भएको छ ।
चुलाचुली थिएटरको प्रस्तुती रहेको नाटकलाई चेतन आङ्थुपोले नाट्य रुपान्तरण तथा अनुवादन गरेका हुन भने परिकल्पना तथा निर्देशन अनिल सुब्बाले गरेका छन् ।
नेपाली पौराणिक लोक कथालाई नाट्य रुपान्तरण गरि “स्याडो प्ले” मार्फत मञ्चन गरिने निर्देशक सुब्बा बताउँछन् । त्यसो त नेपाली रंगमञ्चमा यस फर्मको प्रयोग कमै मात्रामा भएको पाइन्छ ।
करिव ४५ मिनेटको अनुमानित समय राखिएको यस नाटक सोमबार वाहेक हरेक दिन बेलुका ५ बजे देखि र अतिरिक्त शो शनिबार दिउँसो १ बजे मञ्चन हुनेछ ।
नाटकमा कलाकारहरु बेदना राई, प्रतिना राई, रमिता राई, रुपेश लामा, गणेश ताण्डव, नविन चन्द्र अर्याल, सुनिल तामाङ, सौजन सेनेहाङ लिम्बु, सन्जिव योगि, मनिश मगर, मोहन राई रहने छन भने बाल कृष्ण राई, सुरज तमु, अनिल सुब्बा र प्रबृदि राईको संगित सुनिने छ ।
यस नाटकको लागि यो चौथो मञ्चन रहने छ । यस अघि २०७८ चैतमा चुलाचुली ३ स्थित मिलन क्लबको सभाहलमा, त्यस्तै ०७९ बैशाखमा राष्ट्रिय नाचघर जमलमा आयोजित बुद्ध नाट्य महोत्सवमा र ०७९ मंसिरमा अन्तरास्ट्रिय नाट्य महोत्सव २०७९ मा थापागाँउ स्थित मण्डला नाटकघरमा मञ्चन भएको थियो ।
आफ्नो झुपडीमा मुसाहरुले दिएको दुख बाट दिक्क भएर भाग र भाग्यको अर्थ खोज्दै बुद्ध खोज्न निस्किएको भिखारीले यात्राभरी गरेको संघर्ष र रमाइलो पलहरुलाई नाटकमा देख्न सकिन्छ ।
चुलाचुली रंगमञ्चका संस्थापक अध्यक्ष समेत रहेका यस नाटकका अनुवादक आङ्थुपो बताउँछन् , “गाउँमाबाट पहिलो पटक स्याडो प्ले गाउँका दर्शकहरुलाई देखाउँदा कसरी बुझ्लान भन्ने थियो । जब पहिलो पटक बुद्व नाटक महोत्सवमा नाटकले सहभागिता पाएपछि यस जनराको नाटक नेपालमै पहिलो पटक पुरा नाटकको रुपमा बनिएको सुन्न पाउँदा खुसी थियौं ।”
नाटक रुपान्तरणसंगै आफैले निर्देशन गर्ने अन्योलमा थिए, त्यहि बेला निर्देशक अनिल गाउँमा आउने भएपछि निर्देशकको जिम्मा उसलाई लगाउँदै गर्दा अनिलले भनेको थियो,
“दाई मलाई यसपटक उटफट्याङ गर्ने मन छ,
– कि यो नाटकलाई स्याडो प्लेमा प्रपेटको चरित्रबाट लैजाँदा कस्तो होला ?
– मसंग जवाफ छोटो थियो – गरौं ! केहि नयाँ आउँला । ”
नाटकमा सहकार्य तथा सहयोगीको रुपमा आर्टमाण्डु, चुलाचुली मिडिया, एम्टी स्टोमाच, बिम्ब , जुम मिडिया रहेका छन ।