फेदापहाङ सातरे वंशावली वैठक नुनथलामा सम्पन्न

दमक, ३१ वैशाख/ फेदापहाङ सातरे वंशावली बैठक सम्पन्न भएको छ ।

शनिबार धनकुटा जिल्ला महालक्ष्मी नगरपालिका – ९ स्थित नुनथला भिलेज एण्ड रिसोर्टको सभाहलमा पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थाम्रुङ, फेदाप अन्तर्गत वंशावली खोज अनुसन्धान उप–समितिको आयोजना र नुनथला भिलेज एण्ड रिसोर्टका प्रोप्राईटर विजय सम्बाहाङफेको व्यवस्थापनमा दुई दिने फेदापहाङ सातरे वंशावली बैठक वंश पुर्खाहरुको वारेमा गहन छलफल सम्पन्न गरेको छ ।बैठकले नाम्बो नामहाङदिङ देखि तेनहाङसम्मको पुस्तामा एकरुपता कायम गर्दै ऐतिहासिक दस्तावेजहरुमा पूर्खाहरुको नाम वंशजक्रम विविधता पाईएकोले १४ थरगतबाट प्रस्तुत विचार टिपोट माथी पूर्खादेखि थर निर्माण भएसम्मको पुस्ता/वंशबृक्ष जनश्रुति, र प्रकाशित वंशावलीहरुलाई आधार मानी वि.सं. १८८३/१९६८ सालमा लेखिएको कागजपत्रहरु, वंशजहरुसँग रहेका विभिन्न ऐतिहासिक दस्तावेज मोहर, रुक्का, मुचुल्का, अंशवण्डा, विभिन्न साल महिना गतेमा प्रकाशित, पत्रपत्रिका वंशावली पुस्तकहरु लगायत फेदाप बंशजहरुको माङ्गेन्ना यक, थातथलो किपट घरघडेरी, गाडेको ढुङ्गा, पाटीपौवा चौतारो, एवम् पूर्खाहरुबाट सुनिँदै आएका लोकोक्तीहरु समेतबाट पनि नामहाङदिङ, सिदिइङ साङलाइङ र तेनहाङका सन्तानहरु दाजुभाई हुन भनी १४ थरीको पहिचान भएको हो ।

तेनहाङबाट छुट्टिएका थरहरु चाहीँ तुम्बाहाङफे –१, हाङस्रोङ –१, पाहिम –१, हुक्पा चोङबाङ –१, हुक्पा मादेम्बा –१, कुरुम्बाङ –१, लुम्फुङवा –१,पङ्याङ्गू –१, सिङ्गक –१, निङ्लेखु –१, सम्बाहाङफे –१, पंगेन्हाङ –१ हुन् भन्ने ठम्याई भयो वंश थरगत संस्थाहरुको सहभागिता संस्थाहरु ः– (१) तुम्बाहाङफे, (२) हाङस्रोङ, (३) पाहिम, (४) हुक्पा चोङबाङ, (५) हुक्पा मादेम्बा, (६) कुरुम्बाङ, (७) लुम्फुङवा, (८) पङ्याङ्गू, (९) सिंगक, (१०) निङ्लेखु, (११) सम्बाहाङ्फे, (१२) पंगेन्हाङ आदि हुन भने सिदिइङ हुँदै याङ्दोकोबाट छुट्टिएका थरहरु मुसाहाङ र साइलाइङबाट छुट्टिएका थरहरु तेयुङ थरीहरु हुन ।

याक्थुङ(लिम्बू) जातिमा एकै मिङ्स्रा, एकै माङ्गेन्ना यक र एकै संस्कार संस्कृति भएका वंशजहरु दाजुभाइ (रगतको साइनो) मानिने भएकोले अव उप्रान्त एकै दाजुभाई मानी आपसी भाईचारा सम्बन्ध कायम गर्ने र आफ्नो वंशावली लेख्दा नाम्बो नामहाङदिङलाई वंश मानी अनिवार्य उल्लेख गर्ने र पोक्लाबाङ यकभित्रका थरहरुले वंशावली कितावहरुमा भिन्न भिन्नै अभिलेख, कालखण्ड समयकाल, घटना, प्राचीन आदिवासी रैथाने खाम्बोङबा लुङबोङबा नाम्बो नामहाङदिङ हुँदै नामहाङदिङको सन्तान नै जेठा सिदिइङ कान्छा साङलाइङ रहेकोले सम्बन्धित थरहरुले आफ्नो वंशावलीमा निम्न बमोजिम नाम र पुस्ता समेटेर लैजाने गरी नाम्बो नामहाङदिङ वंशजलाई प्रथम पूर्खा/मिङ्स्रा मान्ने गरी उपस्थित थरीहरु मुसाहाङ–१, तुम्बाहाङफे –१, हाङस्रोङ–१, पाहिम–१, हुक्पा चोङबाङ–१, हुक्पा मादेम्बा–१, कुरुम्बाङ–१, लुम्फुङवा–१,पङ्याङ्गू–१, सिंगक–१, निङ्लेखु–१, सम्बाहाङफे –१, पंगेन्हाङ–१, तेयुङ–१ लगायत १४ थरहरुले तेनहाङसम्मको पूर्खा एकरुपता कायम गरिएको प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ । बैठकले नाम्बो नामहाङदिङ देखि तेनहाङ सम्मका पूर्खा मिलान गर्न हाङस्रोङ,पाहिम, हुक्पा चोङबाङ, तुम्बाहाङफे, कुरुम्बाङ, खापुङ, वि.सं. १९६८ पंजापसिं जिम्मा, तेयुङ बंशावली, नाहारसिं जिम्माबाट प्राप्त वंशावली, पङ्याङगू, पंगेन्हाङ, लुम्फुङवा, सम्बाहाङफे वंशावली, हुक्पा मादेम्बा, निङलेखु,मुसाहाङ वंशावलीहरु भेला गरी भाषा विज्ञानको भाषिक पुनःनिर्माण पद्वतिद्वारा एकरुपता कायम गरिएको उल्लेख छ ।

त्यसै गरी सेङसेङगुम फेदापहाङलाई सवैले नम्बर कोड नगरीकन शीर्ष स्थानमा अवका वंशावली संस्करणहरुमा राखेर थप अध्ययन अनुसन्धान गर्दै लैजाने भनी सहमती भएको छ । बैठकमा प्रवेग हाङस्रोङ र डिल्लीश्वर मुसाहाङले प्रस्तुत गरेको कार्यपत्र माथी थप टिप्पणी गर्दै प्रत्येक थरको सम्पादक र प्रतिनिधिहरुबाट आएका प्रस्तुत विचारलाई टिपोट गरी समिक्षात्मक प्राज्ञिक बहस भएको थियो ।

कार्यक्रमको उद्घाटन सत्र तेह्रथुम लालीगुराँस नगरपालिका नगर प्रमुख अर्जुनवावु माबुहाङ, पोक्लाबाङ यक माङगेन्ना लुङधुङ थाम्रुङ फेदाप अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङ, तुम्बाहाङफे वंशावली लेखक सम्पादक/वयोबृद्व लिला बहादुर तुम्बाहाङफे, सम्बाहाङफे समाज नेपाल सल्लाहकार विजय सम्बाहाङफे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

बैठक गोष्ठी पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थाम्रुङ, फेदाप अन्तर्गत फेदापहाङ सातरे वंशावली खोज अनुसन्धान उप–समिति संयोजक हर्कजङ कुरुम्बाङको अध्यक्षतामा सम्पन्न भएको थियो । स्वागत मन्तव्य वंशावली खोज अनुसन्धान उप–समिति सदस्य डिल्लीश्वर मुसाहाङले राखेका थिए भने सचिव नर प्रसाद लुम्फुङवाले संचालन गरेका थिए ।

सम्बन्धित खवर