काठमाडौ/ कथाकार पुष्पहाङ लोवाको लिम्बू भाषाको कथासंग्रह ‘मना लाङ्योःक्खा’ सार्वजनिक भएको छ । याक्थुङ प्रज्ञा प्रतिष्ठानका उपकुलपति लच्छामीकुमार सेर्मा, किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष गोविन्द आङबुङ, गायक भगत सुब्बा, नेता श्रीप्रसाद जबेगुले सार्वजनिक गरेका हुन् ।
शनिबार ललितपुरमा आयोजित समारोहमा किरात याक्थुङ चुम्लुङ जापानले प्रकाशित गरेको कृतिलाई द मार्जिन मिडियाको आयोजनामा सार्वजनिक गरिएको हो । सिरिजङ्गा लिपिका माध्यमबाट लिम्बू भाषामा लिखित संग्रहमा १२ वटा कथा छन् । पाँचथरमा रहेर मातृभाषा साहित्य सिर्जना अभियानमा संलग्न लोवाको यसअघि ‘तङअम्भुङ’ र ‘याग्राङसिङ’ कवितासंग्रह प्रकाशित छन् ।