कियाचु दुर्दिम्बा पान्थरको दोस्रो वडा अधिवेशन सम्पन्न,अध्यक्षमा मेघराज

दुर्दिम्बा /  किरात याक्थुङ चुम्लुङ मिक्लाजङ वडा नं. ८ दुर्दिम्बा पान्थरको दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ ।

शनिबार पान्थरको मिक्लाजङ गाउँपालिका वडा नं. ८ दुर्दिम्बा स्थित सोमबारे आदिवासी सामुदायिक भवनमा पान्थर मिक्लाजङ गाउँपालिका सामाजिक विकास समिति संयोजक अविसन लाओतीको प्रमख आतिथ्यतामा सम्पन्न भएको हो ।

कियाचु दोस्रो वडा अधिवेशनले मेघराज पङ्याङगूको अध्यक्षतामा १५ सदस्यीय वडा कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कर्ण बहादुर इमेहाङ, सचिवमा आइन्द्र लिङदम, सहसचिवमा प्रवेश मुसाहाङ र कोषाध्यक्षमा कल्पना थक्सु निर्वार्चित भएका छन् । यसै गरी सदस्यहरुमा क्रमशः मुस्कान मुसाहाङ, आयुस मुसाहाङ, कुशल थक्सु, चन्द्र थक्सु, जगत वाजी, सविना वाजी, प्रेमराज लाओती, कृष्ण लाओती, आशमाया लाओती र केशव माखिम चयन भएका छन् ।

त्यसै गरी सोहि अधिवेशनले ५ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । सल्लाहकारमा क्रमशः डिल्लीश्वर मुसाहाङ, राम बहादुर वाजी, विवश अनुराग वाजी, गोविन्द पङयाङ्गू र युवराज थक्सु रहेको निर्वाचन समिति संयोजक हेमकर्ण तुम्साले बताए ।

कार्यक्रममा मिक्लाजङ गाउँपालिका शिक्षा समिति संयोजक एवं मिक्लाजङ वडा नंं ५ वडाध्यक्ष अविशन लाओती, ८ नंं वडाध्यक्ष रामेश्वर वाजी, नेपाल आदिवासी जनजाती महासंघ दुर्दिम्बा अध्यक्ष तथा कियाचु पान्थर पूर्व जिल्ला सदस्य राम बहादुर वाजी, कियाचु पान्थर पूर्व जिल्ला सदस्य डिल्लीश्वर मुसाहाङ, संयकहाङ उत्थान समाज उपाध्यक्ष हेमकर्ण तुम्सा, सोमबारे वजार व्यवस्थापन समिति अध्यक्ष युवराज थक्सु, समाजसेवी मेघराज पङयाङगू लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम किरात याक्थुङ चुम्लुङ मिक्लाजङ ८ वडा कार्य समिति अध्यक्ष विवश अनुराग वाजीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य सदस्य पूर्ण कुमार पङयाङगूले राखेका थिए । संचालन कियाचु वडा शाखा समिति सचिव गोविन्द पङयाङ्गूले  गरेका थिए ।

त्यसै गरी साहि दिन मिक्लाजङ गा.पा. ८ दुर्दिम्बा स्थित सोमबारे वजारमा रहेको आदिवासी सामुदायिक भवन उद्घाटन गरेको छ । पान्थर मिक्लाजङ गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको सो भवनको गाउँपालिका शिक्षा शाखा संयोजक अविशन लाओतीले उदघाटन गरेका थिए । कार्यक्रम सोमबारे आदिवासी सामुदायिक भवन निर्माण समिति सहसचिव नाइन्द्रराज थक्सुको अध्यक्षता सम्पन्न भएको थियो भने संचालन सचिव मेघराज पङयागूले गरेका थिए ।