दुर्दिम्बामा एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन

दुर्दिम्बा, १५ बैशाख/ एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन कार्यक्रम आज सम्पन्न भएको हो ।

विहिबार पाँचथरको मिक्लाजङ गाउँपालिका वडा नं. ८ दुर्दिम्बा स्थित दुर्दिम्बा स्वास्थ्य चौकी कार्यालयमा मिक्लाजङ गाउँपालिका स्वास्थ शाखा पाँचथरको आयोजनामा पाठेघर खसेका महिलाहरुको उपचार तथा परामर्श सेवा, महिलाहरुको पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने जाँच VIA Test एवं महिला प्रजनन् अंग सम्बन्धि रोगहरुको उपचार तथा परामर्श सम्वन्धि एक दिने निःशुल्क शिविर सम्पन्न भएको हो ।
शिविरमा VIA जाँच १०० जना महिलाहरूमा सवैको नेगेटिभ, ६ जना महिलाको पाठेघर सम्वन्धि उपचार तथा परामर्श सेवा, ३२ जना महिलाको प्रजनन रोगको ओैषधी,तथा परामर्श सेवा, ५ जनालाई अपाङगता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम परिचय पत्र प्रदान गरेको दुर्दिम्बा स्वास्थ्य चौकी अ.न.मी. जमुना खडकाले वताए ।


शिविरमा गाउँपालिका उपाध्यक्ष सन्त कुमार सेर्मा,स्वास्थ संयोजक अग्नि चम्लागाई, मिक्लाजङ ८ नं. वडाध्यक्ष रामेश्वर वाजी लगायतको उपस्थिति रहेको थियो ।