दुर्दिम्बा, ५ बैशाख / पहिचान सहितको प्रदेश नं. १ पुनः नामाङकन अभियान समितिको गठन गरेको छ ।

मंगलबार पान्थर मिक्लाजङ गाउँपालिका ८ दुर्दिम्बाको हाङ्सारी स्थित गोर्खा बहुमत आधारभूत विद्यालयको प्राङ्गणमा पहिचान सहितको प्रदेश नं. १ पुनः नामाङकन अभियान मिक्लाजङ गाउँपालिका -८ दुर्दिम्बामा केशवलाल माखिमको अध्यक्षतामा १२ सदस्यीय समिति गठन गरेको छ । जसमा समितिको उपाध्यक्षमा गंगा लाओती ,सचिबमा बम प्रसाद वाजी ,कोषाध्यक्ष कुमारी लाओती सदस्यहरुमा क्रमश: सन्त कुमार लाओती, गंगाजंग यक्पाङदेन ,नगेन्द्र माखिम ,कुमारी लाओती ,यसोदा लाओती ,लाल बहादुर इमेहाङ ,शुभद्रा वाजी ,सन्तोस कुरुम्भङ ,डवल कुमारी माखिम लाओती चयन भएका छन ।
त्यसै गरी सल्लाहकारहरुमा जित ब. माखिम, पुर्ण बहादुर वाजी ,कर्ण ब. इमेहाङ, लक्ष्मी प्रसाद माखिम रहेको दुर्गेश लाओतीले बताए ।

पहिचान सहितको प्रदेश नं. १ पुनः नामाङकन अभियान मिक्लाजुङ गा.पा अध्यक्ष पुर्ण बिक्रम लाओती , सल्लाहकार दिल्ली ब लाओती ,नालिगेन थाङबेन मुक कप पालिका प्रमुख राम लाओती आर्थिक प्रमुख दिलिप माखिम, संचार प्रमुख दुर्गाहाङ लाओती लगायतको उपस्तिथि रहेको थियो ।