मिक्लाजङ, ४ वैशाख/ प्रदेश नं. १ पुनः नामकरण मिक्लाजङ ६ मा वडा स्तरिय संयुक्त संघर्ष समिति गठन गरेको छ ।
आइतबार पान्थरको मिक्लाजङ गाउँपालिका वडा नं. ६ वडामा गजिन्द्र लाओतीको संयोजकत्वमा ९ सदस्यीय संयुक्त संघर्ष समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा बिष्णु आङबुहाङ फियाक, सचिवमा मोहोते लाओती, कोषाध्यक्षमा विमला सेर्मा सदस्यहरुमा दर्शन आङबुहाङ, दिलिप राई, आईतरानी चेम्जोङ, साहाधोज लाओती र धनकुमारी चेम्जोङ रहेका छन् भने नालिगेन थाङबेन वडा प्रमुखमा जंग चेम्जोङ, सह प्रमुखमा बुद्ध खोमे, संचारमा बिजय लाओती, आर्थिक प्रमुखमा आकाश लाओती, सदस्यहरुमा विशाल आङबुहाङ, धनकुमार लाओती, तेज कुमार आङबुहाङ रहेको छ ।
पहिचान सहितको १ नं.प्रदेश पुनः नामकरण संयुक्त संघर्ष समिति मिक्लाजङ गा.पा.पान्थर अध्यक्ष पूर्ण विक्रम लाओतीको उपस्थितिमा गठन गरिएको दुर्गाहाङ लाओतीले वताए ।