दमक, ३ बैशाख/ रचना लाओतीको शव्दसंगालो (लिम्बू नेपाली) पुस्तक आज विमोचन गरेको छ ।
आइतबार, झापाको दमक नगरपालिका वडा नं. १ येहाङनगरको सिरिजंगा सामुदायिक भवनमा रचना लाओतीको शव्दसंगालो (लिम्बू नेपाली) पुस्तक याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपाल उपकुलपति लछामी सेर्मा पापोद्धारा विमोचन भएको छ । रचना लाओतीको यो आठौं कृति हो ।
विमोचनमा लिम्बू भाषा साहित्य प्रतिष्ठान दमक कुलपति सेसेमी सेनाल्बो, कियाचु केन्द्रीय सदस्य इक्सा सम्बाहाङफे, कियाचु लिम्बुवान प्रदेश सदस्य कविन्द्र सेर्मा, रुबाई मञ्च नेपाल अध्यक्ष मुसाहाङ अम्याङसा, सिरिजंगा टोल विकास संस्था अध्यक्ष चाँदनी सेर्मा, लुङधुङ टोल विकास संस्था अध्यक्ष याम राई, हिमालय टोल विकास संस्था अध्यक्ष विजय राई लगायतको उपस्थिति रहेको थियो ।