प्रदेश नं. १ पुनः नामकरण दमक १ नंं वडाको कोरियन टोलमा टोल संयुक्त संघर्ष समिति गठन

दमक, ३ वैशाख/ प्रदेश नं. १ पुनः नामकरण संघर्ष समिति दमक १ वडाको कोरियन टोलमा संयुक्त संघर्ष समिति गठन गरेको छ ।

आइतबार दमक नगरपालिका वडा नं. १ मा प्रदेश नं. १ पुनः नामकरण दमक वडा नं. १ वडाको कोरियन टोलमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लिम्बुवान केन्द्रीय सदस्य मोहन थेवेको उपस्थितिमा चन्द्रकला लाओतीको संयोजकत्वमा २० सदस्यीय कोरियन टोलमा संयुक्त संघर्ष समिति गठन गरेको छ ।
समितिको सह संयोजकमा टंक केरुङ, सदस्यहरुमा क्रमशः पूर्ण कुमारी नेम्बाङ, देविका आङ्देम्बे, प्रतिमा सेवा, पवित्रा लिम्बू, सुस्मिता सेर्मा, सोनिया नेम्बाङ, भीमा लिम्बू, सुष्मा राई, चित्रकला आङ्देम्बे, गोपाल आचार्य, सर्मिला लिम्बू, एस.वि. लिम्बू, खडक माया इम्बुङ, इन्दु राई, भीमराज श्रेष्ठ वीरन लिम्बू र फिपरानी लिम्बू रहेको संयुक्त संघर्ष समिति दमक नगर १ नं. वडा समिति संयोजक राज कुमार राईले वताए ।