दमक, ३ वैशाख/ प्रदेश नं.१ पुनः नामकरण झापाको दमक नगरपालिका वडा नं.१ को सिरिजंगा र लुङधुङ टोलमा टोल स्तरिय संघर्ष उपसमिति गठन गरेको छ ।
आइतबार झापाको दमक नगरपालिका १ नं. वडा अन्तर्गतको सिरिजंगा र लुङधुङ टोलमा माइती माया पारघरीको संयोजकत्वमा २६ सदस्यीय टोल स्तरिय प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष उपसमिति गठन भएको छ ।
उपसमितिको सह संयोजकमा गजनी लामा, सदस्य सचिवमा मचिन्द्र आङदेम्बे, सदस्यहरुमा क्रमशः सुनिता फागो, देविका गुरुङ, साम्मिला नाल्बो, दुर्गा लिम्बू, सृजना माखिम, विजय राई, गोपाल राई, लक्ष्मी माङ्मु, फुङमा तुम्रोक, सञ्जु कुरुम्बाङ, मनि फियाक, टि.वी. सुहाङ, धन कुमार नेम्बाङ, कल्पना राई, नन्द आङ्ला, योगेन्द्र माङलाक, चाँदनी सेर्मा, बर्र्षा सम्बाहाङफे, प्रकाश राई, आरती लिम्बू, मन कुमार कुरुम्भङ, लुना राई र सर्मिला तामाङ राई रहेको संयुक्त संघर्ष समिति दमक वडा नं. १ संयोजक राम कुमार राईले वताए ।
कार्यक्रममा कियाचु केन्द्रीय सदस्य इक्सा सम्बाहाङफे, लुङा पत्रिका सम्पादक सेसेमी से.नाल्बो, समालोलक लछामी सेर्मा पापो, संघर्ष समिति दमक नगर सचिव लासाङ निङलेकु, संघर्ष समिति दमक नगर अर्थ सचिव टंक माङलाक, माओवादी केन्द्र दमक नगर सदस्य याम राई, सिरिजंगा टोल विकास संस्था दमक १ अध्यक्ष चाँदनी सेर्मा, हिमालय टोल विकास संस्था अध्यक्ष विजय राई, कियाचु लिम्बुवान प्रदेश सदस्य कविन्द्र सेर्मा, संघर्ष समिति दमक नगर १ नं. वडा अर्थ सचिव प्रमिला लाओती, साहित्यकार रचना लाओती समेतको उपस्थिति रहेको थियो ।
कार्यक्रम प्रदेश नं.१ पुनः नामकरण संयुक्त संघर्ष समिति दमक वडा नं. १ संयोजक राम कुमार राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।