लिम्बुवान सर्वपक्षीय भेला आयोजक समिति गठन, संयोजकमा राजकुमार

पथरी, ३ बैशाख / लिम्बुवान सर्वपक्षीय भेला आयोजक समिति गठन हिजो सम्पन्न गरेको छ ।


शनिबार मोरङ पथरीशनिश्चरे नगरपालिका १ स्थित सिरिजङगा स्मृति धार्मिक भवनमा राजकुमार पालुङ्वाको संयोजकत्वमा ९ सदस्यीय लिम्बुवान सर्वपक्षीय भेला आयोजक समिति गठन गरेको छ । समितिको सदस्य सचिवमा योबाहाङ तुम्बाङ्फे, व्यवस्थापन प्रमुखमा डम्बर नेम्बाङ, सदस्यहरुमा क्रमश ः भक्त मुसाहाङ (याक्थुङबा मिराक), याक्थुङ्सा, दिल आङ्देम्बे, कर्ण नेम्बाङ, लाल बहादुर सम्बाहाङ्फे र राज पङयाङगु रहेका छन् ।
तत्कालीन गोर्खा राज्यसंग वि. स.१८३१ सालमा गोर्खा–लिम्बुवानले गरेको सन्धिलाई आधार मानेर आधुनिक लिम्बुवान आन्दोलन विषयमा थप कार्य गर्ने र सोको लागि लिम्बुवान सर्वपक्षीय भेला गरी आयोजना गर्न समिति गठन गरेको सदस्य भक्त मुसाहाङले वताए ।
भेला बुद्विजिवी सञ्चबीर केदेमको अध्यक्षतामा सम्पन्न भएको छ ।

सम्बन्धित खवर