प्रदेश नं.१ पुनः नामकरण तेह्रथुमको छथर गाउँपालिका वडा नं. ४ नं. वडा फाक्चामारामा वडा स्तरिय संघर्ष समिति गठन

  • दिल प्रतीक्षा

छथर, ३ वैशाख/   प्रदेश नं.१ पुनः नामकरण तेह्रथुमको छथर गाउँपालिका वडा नं. ४ नं. वडा फाक्चामारामा वडा स्तरिय संघर्ष समिति गठन गरेको छ ।

शनिबार तेह्रथुमको छथर गाउँपालिका वडा नं. ४ नं. वडा फाक्चामारामा गोपाल कुरुम्भङको संयोजकत्वमा १२ सदस्यीय वडा स्तरिय प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समिति गठन भएको छ ।
प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समितिको सह संयोजकमा सुवास तामाङ, सदस्य सचिवमा शम्भुराम लिम्बू, र सदस्यहरुमा क्रमशः जीतमान लिम्बू, मेघ बहादुर लिम्बू, टेक बहादुर लिम्बू, मोहन प्रसाद लिम्बू, मेख बहादुर लिम्बू, सूर्य लिम्बू, राम कुमार लिम्बू, सन्तोष लिम्बू र राम बहादुर लिम्बू रहेका छन् । त्यसै गरी सल्लाहकार संयोजकमा देवेन्द्र लिम्बू रहेको वताए ।

कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल छथर अध्यक्ष सूर्य मादेन, संघीय लोकतान्त्रिक राष्ट्रिष्य मञ्च लिम्बुवान छथर सचिव शंकरमान खेवा, संघीय लोकतान्त्रिक राष्ट्रिष्य मञ्च प्रदेश निर्वाचन क्षेत्र नं. १ लिम्बुवान अध्यक्ष दिल प्रतीक्षा पाक्साङ्वा, संघीय लोकतान्त्रिक राष्ट्रिष्य मञ्च लिम्बुवान छथर अध्यक्ष दिपेन तुम्खेवा, बुद्धिजीवि मनि कुमार साङ्वा समेतको उपस्थिति रहेको थियो ।

कार्यक्रम किरात याक्थुङ चुम्लुङ छथर गा.पा. वडा नं. ४ वडा सचिव देवेन्द्र लिम्बूको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर