दमक, २ बैशाख/ गिरिभक्त सोङमेनको बान्तवा भाषाको कविता कृति ङालङ आज विमोचन गरेको छ ।
शनिबार, झापाको दमक नगरपालिका वडा नं. १ हिमाल टोल स्थित लेखकको निजी निवासमा शिक्षण पेशामा लामो अवधिसम्म कर्म गरी आवकाश प्राप्त कलमजीवी गिरिभक्त सोङमेनको बान्तवा भाषाको कविता ङालङ (अनुहार) कृति याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपाल उपकुलपति लछामी सेर्मा पापोद्धारा विमोचन भएको छ ।
कर्ण पुमा राई अष्ट्रेलिया, छबरहाङ सोङ्मेन पोर्चुगल, नामशाम सोङमेन यु.के.को प्रकाशनमा प्रकाशित कृतिमा ४१ वटा बान्तवा भाषाको कविताहरु रहेका छन् भने उक्त पुस्तक १४८ पृष्ठ रहेको छ । गिरिभक्तको यो पहिलो कृति हो ।
विमोचनमा लिम्बू भाषा साहित्य प्रतिष्ठान दमक कुलपति सेसेमी सेनाल्बो, अर्थ रचना लाओती कुसाङ, कियाचु लिम्बुवान प्रदेश सदस्य कविन्दं्र सेर्मा, रुबाई मञ्च नेपाल अध्यक्ष मुसाहाङ अम्याङसा लगायतको उपस्थिति रहेको थियो ।