झापाको हल्दिवारी गाउँपालिका वडा नं. ५ मा संयुक्त संघर्ष समिति गठन

बैशाख १, दमक/  झापाको हल्दिवारी गाउँपालिका वडा नं. ५ मा प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समिति वडा समन्वय समिति आज गठन भएको छ ।

शुक्रवार हल्दिवारीमा स्थानीय पहिचानवादी नेता टेकबहादुर फागोको संयोजकत्वमा २५ सदस्यीय वडा समन्वय संघर्ष समिति गठन भएको छ ।
समितिको उपसंयोजकहरुमा क्रमशः भीम साँबा, वर्षात आङदेम्बे, हरि कन्दङ्वा, मंगल केरूङ, स्य सचिवमा अर्जुन नेम्बाङ, अर्थ संयोजकमा मनकुमार कन्दङवा रहेका छन् भने सदस्यहरुमा क्रमशःगोकुल सेर्मा, सन्तोष राई, राजकुमार केरूङ, मौसम आङला, सञ्जय राई, विजय केरूङ, सुरेन्द्र चोङबाङ, अनुप लिम्बू, विरेन्द्र नेम्बाङ, मनकुमार नेम्बाङ, भरत फागो, किरण लिम्बू, देवा सहारा, सन्तोष माङयुङ, इन्द्र निङलेखु, भवि आङदेम्बे, सन्तोष यकक्सो र हेमकुमार फागो रहेका छन् ।

हल्दिवारी गाउँ समन्वय संघर्ष समिति संयोजक ध्रुव मावोको अध्यक्षतामा वडा स्तरीय संघर्ष समिति गठन भएको छ ।
पहिचानवादी नेता एलबि पालुङवा, ज्ञानु इम्बुङ, मिडिया संयत्र संयोजक गौरी राईको विशेष उपस्थिति रहेको थियो ।